हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

“रगतकाे बिकल्प रगत” मूल मर्मलाई आत्मसात् गर्दै नेपाल स्वयंसेवी रक्तदाता समाज ललितपुर शाखाद्वारा रक्तदान कार्यक्रम

३ आश्विन ललितपुर/”रगतकाे बिकल्प रगत” मूल मर्मलाई आत्मसात् गर्दै हाल भईरहेकाे रगतकाे माग र आपूर्तिमा मेल हुन नसकि उपचारार्थ विभिन्न अस्पतालमा भर्ना भएका बिरामीहरूकाे जीवन रक्षार्थ रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरूकाे उपलब्धतामा सहजता मिल्न सकाेस् भनी नेपाल स्वयंसेवी रक्तदाता समाज ललितपुर जिल्ला शाखाद्वारा हिजाे एक आकस्मिक रक्तदान कार्यक्रम आयाेजना गरियाे ।

Advertisement

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं “रक्तदाता सम्राट्”का साथै “राष्ट्रिय रक्त नायक”बाट बिभूषित हुनुभएका स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे विशेष उपस्थितिमा आयाेजित साे कार्यक्रमका सभापति नेपाल स्वयंसेवी रक्तदाता समाज ललितपुर जिल्ला शाखाका अध्यक्ष नवीन महर्जन हुनुहुन्थ्यो ।

Advertisement

शाखाका सचिव राजन महर्जनद्वारा सञ्चालित उक्त कार्यक्रममा रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई प्रमुख अतिथि कर्माचार्यले रक्तदाता बाय्‌ज(Donor pin) लगाई सम्मान जाहेर गर्नुभएको थियो ।

नेपाल स्वयंसेवी रक्तदाता समाज ललितपुर जिल्ला शाखाका सदस्यद्वय दशबहादुर महर्जन र दिपेन्द्र  महर्जनकाे संयुक्त संयाेजनमा सञ्चालित साे आकस्मिक रक्तदान कार्यक्रम स्थानीय सती त्वा:,थसि,ललितपुरमा आयाेजना गरिएको उक्त कार्यक्रममा ३३ जनाले रक्तदान गर्नुभएको थियोे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)