हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

झापा दमकस्थित मेची बहुउद्देश्यीय सहकारीका कर्जा अधिकृत राउत होटलमा मृत फेला

दमक । झापा दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाका कर्जा अधिकृत मेघराज राउत बिहीबार अपराह्न एक होटलमा मृत फेला परेको घटनामा अनुसन्धान गर्न प्रहरीले एक जना महिलालाई नियन्त्रणमा लिएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार प्रहरीले राति साढे ९ बजे ती महिलालाई नियन्त्रणमा लिएको हो । उनले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएका छन् । प्रहरीले महिलाका विषयमा थप केही खुलाएको छैन । ३७ वर्षीय राउत बिहीबार बिहान करिब ९ बजेदेखि एकाएक घरपरिवार र कार्यालयको सम्पर्क बाहिर थिए । उनी सधैँ कार्यालय आउने समयमा कार्यालय नआएपछि परिवारसँग बुझ्दा घरमा समेत थिएनन् ।

Advertisement

त्यसपछि आन्तरिक रुपमा खोजी भइरहेको थियो । प्रहरीले राउतले प्रयोग गर्दै आएको मोबाइल फोनबाट लोकेसन ट्र्याक गर्दै दमक ५ स्थित मंगलदिप मार्केट र इलाका ट्राफिक प्रहरी कार्यालय दमकको मध्य भागमा रहेको अन्नपूर्ण होटल एन्ड लजको तेस्रो तलामा पुगेको थियो । त्यहाँ उनी बन्द कोठाभित्र फेन झुन्ड्याउने फलामको हुकमा डोरीको पासो लगाएको अवस्थामा मृत भेटिएका थिए ।

मृतकले आत्महत्या गर्नुअघि ‘सु–साइड नोट’ समेत लेखेर छोडेकोले त्यसबारेमा अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी मनोजकुमार लामाले बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)