हल्दिबारी, ५ असोज । नेपाल रेडक्रस सोसाइटी हल्दिबारी उपशाखाको २० औं साधारण सभा यहि असोज ३० गते मंगलबारको दिन हुने भएको छ । आज बसेको कार्य समितिको वैठकले साधारण सभा सम्पन्न गर्ने निर्णय गरेको सभापति कर्णखर प्रसाईंले जानकारी दिनु भयो ।

उक्त अवसरमा रेडक्रसका जेष्ठ सदस्यहरुलाई सम्मान समेत गरिने अध्यक्ष प्रसाईंले बताउनु भयो । झापामै सकृय रेडक्रस उपशाखा मध्ये हल्दिबारी उपशाखा समेत रहेको छ ।
