हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

सरकार र शिक्षकबीच तेस्रो चरणको वार्ता जारी

सरकार र आन्दोलनरत शिक्षक बीचको तेस्रो चरणको वार्ता सुरु भएको छ । सरकारको तर्फबाट वार्ता टोलीका संयोजक गृहमन्त्री नारायण काजी श्रेष्ठ र नेपाल शिक्षक महासंघका तर्फबाट अध्यक्ष कमला तुलाधरको संयोजकत्वमा वार्ता भर्खरै सुरु भएको छ ।

Advertisement

गृह मन्त्रालयमा विहीबार विहान र साँझ दुई चरणको वार्ता सम्पन्न भइसकेका छन् । सहमती जुट्न नसकेपछि शुक्रबार विहान पुनः बस्ने गरी वार्ता सकिए पनि आन्तरिक तयारी देखाउँदै दुबै पक्षले दिउसो ३ बजे वार्तामा बस्ने सहमती जुटाएका थिए । वार्ता चलि रहँदा शिक्षकको तेस्रो दिनको आन्दोलनसमेत निरन्तर छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)