हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

राष्ट्र सेवक सहकारीको २४ औं सभा सम्पन्न

भद्रपुर । कोशी प्रदेशका भौतिक योजना तथा पूर्वाधार मन्त्री एकराज कार्कीले कोशी शब्द नै सवै जाति र वर्गको साझा पहिचान भएकाले एकल जातीय पहिचानको नारा आवश्यक नभएको बताएका छन् ।

Advertisement

राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था भद्रपुर १० चन्द्रगढीको २४ औं वार्षिक सभालाई सम्बोधन गर्दे मन्त्री कार्कीले ९० बढी जातजातिको साझा बसोबास भएको केशी प्रदेशमा पहिचानका नाममा संकटको आवश्यकता नभएको बताएका हुन् ।

Advertisement

उनले कसैलाई प्रदेशको नाम फेर्ने रहर भए अबको ४ वर्ष पर्खेर सदनमा दुईतिहाई जनमत प्राप्त गरी नामाकरण गर्दा हुन्छ भन्देै पहिचानका नाममा अराजकता निम्त्याउन कसैलाई छुट नभएको प्रष्ट पारेका थिए ।

मन्त्री कार्कीले कोशी प्रदेशमा राजनीतिक स्थायित्वका लागि काँग्रेस, एमाले र माओवादी बीचमा संवाद चलिरहेको बताउँदै सुशासनको अभाव बढ्दा राजनीतिक दलमाथि अविश्वास बढेकाले शासन शैलीमा निरन्तर सुधार गर्न आवश्यक रहेको मन्त्री कार्कीको भनाइछ ।

मन्त्री कार्कीले प्रदेशको अधिकार संघमै राख्ने एकात्मकवादी सोचले प्रदेश सरकारमाथि बन्धन प्रयास भएकाले यस्तो अमिल्दो शैली अन्त्य गरेर संघीयताको मर्म उजागर गर्न आवश्यक रहेको तर्क गर्दै प्रदेशविना संघीयता नै नरहने दाबी गरेका छन् ।

सहकारीका अध्यक्ष वशिष्ठ अधिकारीको अध्यक्षता तथा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कार्कीकोे प्रमुख आतिथ्यमा सभा सम्पन्न गरिएको थियो ।

उपाध्यक्ष डिल्ली ढकालले स्वागत गरेको कार्यक्रमममा अध्यक्ष अधिकारीले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै एक करोड ७० लाख ७६ हजार ५००। शेयर पूँजी तथा ८०८ जना शेयर धनी सहितको विवरण पेश गरेका थिए ।

सचिव नवराज पोखरेलले सञ्चालन गरेको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष विपि भट्टराई, नेपाल निजामती कर्मचारी संगठन कोशी प्रदेश संयोजक लक्ष्मीप्रसाद गुरागाई, निजामती कर्मचारी संगठन झापाका अध्यक्ष केदार पोखरेल, राष्ट्र सेवक सहकारी संस्था इलामका अध्यक्ष गणेश अधिकारी लगायतले शुभकामना मन्तव्य राख्दै केही विकृत सहकारीका कारण सहकारी क्षेत्र बदनाम हुँदै गएकाले सवै शेयरधनी सचेत हुन आश्यक रहेको धारणा राखेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)