हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

श्री भेलागढी सामुदायिक वन उपभोक्ता समुहको परिषद् भेला सम्पन्न

जनक राजवंशी / हल्दिवारी ,६ असोज । श्री भेलागढी सामुदायिक वन उपभोक्ता समुहकाे छैंठाै परिषद भेेला आज शनिवार सम्पन्न भएको छ । परिषद भेलाले २१ लाख ८२ हजार ८ सय ८९ रुपैयाँ ८५ पैसा बराबरको निति तथा कार्यक्रम बजेट पास गरेको छ ।

Advertisement

समुहका अध्यक्ष पुन्य प्रसाद लम्सालको अध्यक्षता तथा हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यता एवं बेद प्रकाश भण्डारिकाे बिशिस्ट अतिथिमा भेला सम्पन्न भएको थियो ।

Advertisement

कार्यक्रममा प्रमुख अतिथि लिङ्देन , सामुदायिक वन उपभोक्ता जिल्ला माहासंघका अध्यक्ष बेद प्रकाश भण्डारी, वडा अध्यक्ष सुकलाल राजबँशी,
भद्रपुर – १० का वडा सदस्य तुलसि पाेखरेल हल्दिबारी वडा-२ का वडा सदस्य रचना कुलुङ, सरस्वती आविका प्राचार्य गाेबिन्द बाेहाेरा, पुर्व अध्यक्ष नारायण प्र. लुईटेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियोे । भेलामा संगठानिक प्रतिवेदन अध्यक्ष लम्साल र आर्थिक प्रतिवेद काेषाध्यक्ष साबित्रा दाहालले प्रस्तुत गर्नु भएकाे थियाे।

भेलामा प्रस्तुत गरिएकाे प्रतिवेदन सहित प्रस्तावित नीति तथा कार्यक्रम वजेट तथा सम्पुर्ण एजेन्डा हरु सर्वसम्मत ले पास भएकाे सचीव खगेन राजवंशीले बताए । कार्यक्रममा स्वागत मन्तव्य भिमा पराजुलीले राखेकी थिइन भने कार्यक्रमको सहजीकरण सिचव खगेन राजवंशीको रहेको थियोे ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)