कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कविता “उधारो भिक्षा”

कविता “उधारो भिक्षा”

गुरुहरुको चेलाहरुलाई नगदमै शिक्षा
उधारोमै भएछ गाठे हो सरकारी भिक्षा
हाताहातको आन्दोलन उधारो सहमति
उधारो सहमति नगद बनोस् छ सदिच्छा!
जो जो सरकारमा आए नि अल्मलाउने इच्छा

अधिकार खोसेरै लिनुपर्छ हुँदैन मागेर भिक्षा
संसार धोस्त पार्न चाहिन्न अटबम अणुबम नै
धोस्त पारी दे पुग्छ सारा जगत भरको शिक्षा!
केही दिन आन्दोलन भए सरकारले टेक्थ्यो घुँडा

भन्दै थिए सारा जगत भरका नै बच्चा देखि बूढा
धेरै पर्दैन थ्यो केही दिन मात्रै आन्दोलन टिके त
सत्ता चलाउने रहर गर्दैन थिए होलान् नेता बूढा!
बालेनको वचन रहेछ गुरु माथि गरे वचन रुखो

गुरुहरुको आत्मसम्मानमा चोट भो चित्त दुख्यो
डोजर भन्दा माथि चलाउन सक्ने रैनछ है क्षमता
सारा देश विदेशमा कुरो चल्दै थ्यो रे खासखुस पो!
गुरुहरु नै थिए त हो गाठे त्यत्रोविदि लाखा लाख

वार्तामा बस्ने चाहिँ परेनछन् खासै त्यति चलाख
जस्ताको तस्तै हिसाब किता जिउँदै भएन राफसाफ
उचाइमा पुगिसकेको आन्दोलन नै पारेछन् सखाप!

 

राज कुमार कार्की
मे न पा-१५, झापा।
धन्यवाद ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)