हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

बिर्तामोडका व्यापारी भद्रपुरमा मृत फेला

बिर्तामोडका व्यवसायी गोविन्द अधिकारी बेपत्ता भएको ५ दिनपछि फेला परेका छन् । उनलाई प्रहरीले भद्रपुर-४ स्थित चिया बगानमा झुन्डिएको अवस्थामा फेला परेको झापा प्रहरीले जनाएको छ ।

Advertisement

बिर्तामोड-४ का अधिकारी भद्रपुर रोडमा तरकारी व्यवसाय गर्दै आएका थिए । प्रहरीका अनुसार भदौ ३१ गते बेपत्ता भएका उनलाई असोज ५ गते प्रहरीले फेला पारेको प्रहरी प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए ।

Advertisement

६० वर्षीय अधिकारीको शव प्रहरीले मेची प्रादेशिक अस्पतालमा पोस्टमार्टमका लागि ल्याएको थियो । सो समयसम्म पहिचान नभएपछि प्रहरीले परिवारको खोजी गर्दा आइतबार शवको पहिचान भएको झापा प्रहरीले जानकारी दिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)