हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

डेङ्गु सङ्क्रमणबाट एकको मृत्यु

गाईघाट, (उदयपुर), ८ असोज : उदयपुरको बेलका नगरपालिका–५ खारखोलाको एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ । खारखोलाका ४० वर्षीय विजय लिम्बूको डेङ्गुको सङ्क्रमणबाट मृत्यु भएको नगरपालिकाका प्रमुख अशोक कार्कीले जानकारी दिनुभयो ।

Advertisement

गत सातादेखि डेङ्गु सङ्क्रमणबाट सिकिस्त बिरामी हुनुभएका लिम्बूलाई बेल्टार अस्पतालमा सामान्य उपचारपछि घरमै राखिएको थियो । घरमा रहँदा झनै सिकिस्त बन्दै गएपछि लिम्बूलाई शुक्रबार उपचारका लागि सुनसरीको धरानस्थित बिपी मेमोरियल अस्पतालको आइसियुमा राखिएको थियो ।

Advertisement

लिम्बूको उपचारकै क्रममा आइतबार बेलुकी मृत्यु भएको बेलका उहाँको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार साउन पहिलो हप्तादेखि उदयपुरमा डेङ्गु सङ्क्रमण देखा परेपछि हालसम्ममा तीनको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ भने झण्डै एक हजारको हाराहारीमा सङ्क्रमित भइसकेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)