हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

झापाबाट चामलको बोराभित्र ब्राउन सुगर लुकाएर काठमाडौं पठाउन लागेका दुई युवक पक्राउ

झापा ।  चामलको बोराभित्र लागूऔषध ब्राउन सुगर लुकाएर काठमाडौं पठाउन लागेका दुई युवक झापाको दुधेबाट पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका- १ निवासी अन्दाजी २९ वर्षीय साजन राई र सोही ठाउँका अन्दाजी ३५ वर्षीय सुन्दर लावती रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

Advertisement

सोमबार साँझ ५ :१० बजेको समयमा शिवसताक्षी नगरपालिका-११ दुधेस्थित साकिरा यातायात पालिको काउन्टरमा प्र-१–०१–०१३ प ६५८१ नम्बरको स्कुटर चढेर आएका उनीहरूले काठमाडौं पठाउन भनी लगिएको चामलको बोरामा ब्राउन सुगर लुकाएर पठाउन खोजेका थिए।

Advertisement

इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा चामलको बोरा खोलेर हेर्दा ९ ग्राम ७७० मिलिग्राम ब्राउन सुगर फेला परेको डीएसपी रिजालको भनाइ छ।

स्कुटर, ब्राउन सुगरसहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै सोमबार साँझ ६ बजेको समयमा मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेची पुलमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले बिर्तामोड नगरपालिका-६ निवासी २० वर्षीय सुजन विश्वकर्मालाई १ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

विश्वकर्मा  भारतबाट नेपालतर्फ आइरहेका थिए।  पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)