हल्दिबारी डटकम
Hover Ad Article
कृषि
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिबारी ५ का वडा सदस्य जीवन बंगुर फर्ममा रमाउँदै

हल्दिबारी । हल्दिबारी गाउँपालिका वडा नं. ५ का वडा सदस्य जीवन कन्दङ्वा जनताको सेवा संगसगै आफ्नो बंगुर फर्ममा ब्यस्त रहेको पाइन्छ ।

Advertisement

वडा नं. ५ को हुलाकीराजमार्ग दक्षिण शान्ति प्रा.वि. नजिकै उनि , श्रीमती र एकजना छिमेकी मिलेर बंगुरको हेरचाह गर्ने गरेको जीवन बताउछ । जनताको सेवा गर्ने भएर वडा सदस्य निर्वाचित भएका जीवनले २०७४ साल देखी कन्दङ्वा बंगुर फर्मको नाममा ब्यवसाय संचालन गर्दै आएका छन् ।

Advertisement

करिब ४० लाखको लगानी गरिसकेका जीवनको फर्ममा हाल १७० भन्दा बढी बंगर रहेको देख्न सकिन्छ । राजनितिलाइ समाजसेवाको रुपमा हेरेका जीवनले आर्थिक उन्नती र समाजसेवाका लागि बंगुर फर्म संचालन गरेको बताउछन् । २०७४ मा फर्म सुरु गरे पनि कोरोना महामारीका कारण बजार अस्तब्यस्त हुदा ठुलो नोक्सानी खेप्नु परे पनि हाल केही महिना देखी नेपालको काण्माडौं लगायत विभिन्न ठाउँमा मंगुरको मासुको माग बढे संगै ब्यवसाय चलायमान हुन थालेको उनि बताउँछन् ।

राजनिति गर्नेले आर्थिक अवस्था दरिलो पार्न र जनताका अगाडी लज्जित नहुन ब्यवसायमा बाँधिनु पर्ने उनको धारणा रहेको छ । कृषि तथा पशुपालनमा प्रचुर संभावना हुदाहुदै स्थानिय तहदेखि केन्द्र सम्मले किसानको मर्मलाई सम्वोधन गर्न नसक्दा ठुलो जोखिम मोल्नु पर्ने भएकोले यस तर्फ सरकारले उचित संवोधन गर्नु पर्ने उनि बताउछन् । दैनिक ठुलोमात्रामा युवाहरु विदेशी रहेको अवस्थामा सरकारले उचित आर्थिक सहयोग गरि युवाहरुलाई कृषि र पशु ब्यवसायमा जोड्न सके मात्र देशको आर्थिक अवस्था दरो हुन सक्छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)