हल्दिबारी डटकम
Hover Ad Article
अर्थ
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

एकताको २२ औं साधारणसभा सम्पन्न, ६ शेयर सदस्यहरु सम्मानित

हल्दिबारी, ११ असोज । एकता बहुउद्देश्यीय सहकारी संस्था ली. को २२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

Advertisement

Advertisement

संस्थाका अध्यक्ष हरिकृष्ण अधिकारीको अध्यक्षता तथा हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको प्रमखु अतिथ्यतामा संपन्न साधारण सभामा असल बचतकर्ता, उत्कृष्ट शेयर धनि, असल ऋणी क्रमशः कोपिला निरौला विष्ट, कृष्ण प्रसाद न्यौपाने, खिनमाया दाहाल, कुलिन सिंह राजवंशी, चन्द्रमाया दाहाल र कपिल देव शाहलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

कार्यक्रमलाई संवोधन गर्दै हल्दिबारी गाउँपालिकाका अध्यक्ष प्रमुख अथिति समेत रहनु भएका लिङ्देनले हल्दिबारीका सहकारी मध्ये राम्रो काम गरेको र जनतको स्वास्थ्यलाई ख्यालमा राखी शुद्ध तोरीको तेल उत्पादन गरि बजारमा ल्याएकोमा खुशी ब्यक्त गर्दै गाउँपालिकाले सधै सहयोग गर्ने बताउनु भएको थियो । हल्दिबारीमा मुटु रोगीहरु धेरै भएको र तेलकै कारण मुटुरोग लाग्ने हुँदा आफ्नै ठाउँमा उत्पादित तोरीको तेल आफुले पनि सेवन गरिरहेको र सवैलाई सेवन गर्न सुझाव दिनु भयो ।

उक्त कार्यक्रमलाई हल्दिबारी २ का वडा अध्यक्ष शुकलाल राजवंशी, झापा जिल्ला सहकारी सघ कार्यकारी सदस्य पुष्पा उप्रेती चुँडाल, साना किसान चिया उत्पादक संघ हल्दिबारीका अध्यक्ष हर्क तामाङ्ग लगायतले शुभकामना मंतव्य राख्नु भएको थियो ।

 

२०५९ सालमा स्थापना भएको संस्थामा हाल १८५९ जना शेयर सदस्यहरु रहेका छन् भने संस्थाको शेयर चुक्ता पुँजी १ करोड ९१ लाख ६९ हजार ७ सय रहेको छ भने २१ करोड माथिको कारोबार गरि १४ करोड २१ लाख को वासलात रहेका संस्थाका अध्यक्ष हरिकृष्ण अधिकारीले बताउनु भएको छ ।

संस्थाले कर्जा लगानीबाट १ करोड ७० लाख ३ हजार २ सय ७६ रुपैया र बैङ्क बचतबाट ५ लाख ६८ हजार २ सय ८१ रुपैया ६९ पैसा ब्याज आम्दानी गरेको प्रतिवेदनमा जनाएको छ । हल्दिबारी गाउँपालिका र बिर्तामोड नगरपालिकाका ७, ८, ९, १० वडा मा कार्य क्षेत्र रहेको संस्थामा ९ जना कर्मचारी कार्यरत रहेको समेत प्रतिवेदनमा उल्लेख छ । हल्दिबारी गाउँपालिकाकै एक नं. मा रहेको संस्थाले बचत तथा लगानी, मल बिउ विजन बिक्री वितरण, कुटानि पिसानी मिल, तोरीको शुद्ध तेल, रेमिटेन्स सेवा, कृषि यान्त्रिककरण, धानको विऊ उत्पादन खरिद विक्री कार्यहरु समेत गर्दै आएको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाका उपाध्यक्ष गंगा प्रसाद प्रसाईले स्वागत गर्नु भएको कार्यक्रमको सहजिकरण संस्थाका सदस्य हरि प्रसाद ढकालले गर्नु भएको थियो ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)