हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिबारीको जलथलमा पेट्रोल पम्प संचालनमा आउँदै

हल्दिबारी, १२ असोज । हल्दिबारी गाउँपालिका वडा नं. ४, बडाबारी बजार पुर्व झापा हुलाकी राजमार्गमै पेट्रोल पम्प संचालनको अन्तिम तयारीमा रहेको छ ।

Advertisement

उक्त पेट्रोल पम्प संचालन भएपछी हल्दिबारी लगायत झापाको हुलाकी राजमार्गमा चल्ने यातायातलाई सहज हुने पम्पका संचालक जय प्रसाद पोखरेल बताउनु हुन्छ । करिब ५ करोड ५० लाखको लगानी रहेको पेट्रोल पम्ममा चारजना संचालकहरु रहनु भएको छ । कचनकवल गाउँपालिकाका जयनारायण यादव, अजिव मियाँ, दिल बहादुर कार्की र हल्दिबारीका जय प्रसाद पोखरेलको लगानी रहेको रोहिनी आयल स्टोरको नाममा संचालनमा आएको उक्त पेट्रोल पम्पमा हाल ३ जना कर्मचारीहरु रहेका छन् ।

Advertisement

सर्भसुलभ सौचालय, चमेना गृह, अपाङ्गमैत्री शौचालय सवै रहेको उक्त पेट्रोल पम्पका लागि एक विघा जमिन समेत रहेको संचालक पोखरेलले जानकारी दिए नेपाल आयल निगमबाट एक महिना अगाडी अन्तिम अनुमती प्राप्त गरेको पेट्रोल पम्पको नापतौल विभागबाट परिक्षण भई रहेको र एक दुई दिन भित्रैमा संचालनमा आउने संचालक जयनारायण यादवले बताउनु भयो ।

आज विधिवत रुपमा पुजा आजा गरि रोहिनी पेट्रोल पम्पको संचालन गरे पनि सर्वसाधारणहरुले केही दिन पर्खनु पर्ने यादवले जानकारी दिनु भयो । यो पेट्रोल पम्प संचालन आए संगै यहाँका उपभोक्ताले भद्रपुर, विर्तामोड, राजगढ र गोलधाप जानु पर्ने बाध्यताको अन्त्य हुने अनुमान गरिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)