हल्दिवारी ,१३ असोज । हल्दिबारी गाउँपालिका वडा नं.४ जलथल बडाबारीमा श्रीमद्भागवत महापुराण हुनेभएको छ।

श्री पाथिभरा सिंहकाली धार्मिक तथा पर्यटकिय बिकास क्षेत्रमा श्रीमद्भागवत महापुराण तथा १८ पुराण अन्तर्गत भविष्य पुराण ज्ञान महायज्ञ आयोजना गर्न लागिएको र सबै तयारी भौइसकेको समितिका अध्यक्ष जयप्रसाद पोख्रेलले बताउनुभयो ।

पोख्रेलका अनुसार आजबाट २६ गतेसम्म पाथीभरा मन्दिर परिसरमा १३ दिनसम्म श्रीमद्भागवत महापुराणको आयोजना गर्ने लागिएको हो ।
महापुराणमा कथा वाचक युवा पण्डित श्री सुदिप कौशिक (ढुङ्गाना) को मुखाराविन्दबाट अमृतमय वाणी र उपवाचक युबा पण्डित श्री बिकास निरौला (हल्दिबारी/ झापाको हल्दिबारी गाउँपालिका वडा नं.४ जलथल बडाबारीमा भारद्वाज) बाट दैनिक पाठपारायण साथै कलाकारहरुबाट संगितमय भजन किर्तन गरिने समितिले जनाएको छ ।
सोर श्राद्द्को पावन अवसरमा सम्पूर्ण ज्ञात अज्ञात पितृहरुको मोक्षको कामना गर्दै श्रीमद्भागवत महापुराण आयोजना गरिएको पोख्रेलले बताउनु भएको छ ।