हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

गङ्गामाया तथा नरबहादुर बस्नेत क्यान्सर पीडित सहयोग संस्थाको साधारणसभा सम्पन्न

हल्दिवारी ,१३ असोज । गङ्गामाया तथा नरबहादुर बस्नेत क्यान्सर पीडित सहयोग संस्थाको साधारणसभा तथा  क्यान्सर रोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

Advertisement

पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडको प्राबिधिक सहयोग तथा हल्दिवारी गाउँपालिका – ४ को समन्वयमा हल्दिवारीका २ सय ५ जना महिला तथा पुरुषहरुको क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य परिक्षण गरेको संस्थाका अध्यक्ष भूपाल बस्नेतले बताउनुभयो ।

Advertisement

अध्यक्ष बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा हल्दिबारी गाउँपालिका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यतामा संस्थाको साधारणसभा सभस समेत सम्पन्न भएको संस्थाले जनाएको छ ।

साधारणसभाले भूपाल बस्नेतको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा गोबिन्द बिक्रम गिरी, सचिवमा मेघराज बास्तोला, सह–सचिवमा कुमार याक्सो र कोषाध्यक्षमा गौरिमाया चिमरिया रहेका छ्न ।

त्यसैगरी सदस्यहरुमा टिकाराज ढकाल, नवीन पोख्रेल, कुमार सिटौला, रबिन कार्की, कल्पना राजवंशी, मित्रबहादुर बस्नेत, सुजन भण्डारी, फुलमाया लिम्बू, बिजु आचार्य, रिता कार्की कोइराला, रामबहादुर बस्नेत, रोजिना खड्का, झुमादेबि कार्की, शुकमाया लाभुङ लिङ्दम, मंगलसिंह राजवंशी र रामकुमार गौतम निर्वाचित भएको अध्यक्ष बस्नेतले जानकारी दिनु भयो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)