हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

चिकित्सकहरूको आन्दोलन स्थगित भएको भोलिपल्टै कुटिए डाक्टर मनीष खड्का 

काठमाडौं । चिकित्सकहरूको आन्दोलन स्थगित भएको भोलिपल्टै काठमाडौं मेडिकल कलेज सिनामंगलमा अध्ययनरत इन्टर्न डाक्टर मनीष खड्का कुटिएका छन्।

Advertisement

उनलाई आइतबार दिउँसो अस्पतालकै नेफ्रोलोजी युनिटमा बिरामीका आफन्तले कुटेका हुन्। चिकित्सकको पर्खाइमा रहेका बिरामीका आफन्तले छिटो उपचार सेवा दिन अनुरोध गर्दा खड्काले भिड नगर्न र पालो पर्खिन भनेपछि आक्रोशित आफन्तले उनलाई कुटेको अस्पतालका जनरल प्रबन्धक नारायण दाहालले बताए।

Advertisement

गुल्मीका २२ वर्षीय रूपक गौतम र सोही जिल्ला घर भई सिनामंगल बस्ने सरोज गौतमले चिकित्सक खड्कामाथि हातपात गरेका थिए। घटनालगत्तै प्रहरीले सिसिटिभी फुटेज हेरेर दुईजनालाई पक्राउ गरेको हो।

अरू दिनका तुलनामा आइतबार चाप बढी हुँदा बिरामीले भनेकै समयमा पालो पाएका थिएनन्। इन्टर्न डाक्टरले आफ्नो पालोमा जँचाउन सुझाएपछि एक बिरामीका आफन्तले एक्कासि आएर समातेर भित्तामा लगेर ठोक्काएको प्रबन्धक दाहालले बताए। आजको नागरिक दैनिकमा प्रकाशित छ ।

चिकित्सक खड्काको बाहिरी घाउ खास नभए पनि भित्री रूपमा दुखाइ बढी भएको उनले जानकारी दिए। घटनालगत्तै काठमाडौं मेडिकल कलेज, नेपाल मेडिकल कलेज, किस्ट मेडिकल कलेज, त्रिभुवन विश्वविद्यालय महाराजगन्जसहित उपत्यकाका शिक्षण अस्पतालका इन्टर्न डाक्टरहरू विरोध प्रदर्शनमा उत्रिए। उनीहरूले काठमाडौं मेडिकल कलेज हुँदै चक्रपथ परिक्रमा गरे।

सोमबार उपत्यकामा अन्य अस्पतालका बहिरंग सेवा पनि बन्द गरेर चिकित्सकहरूले आन्दोलनका थप कार्यक्रमस्वरूप विरोध प्रदर्शन गर्ने अस्पताल प्रशासनले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)