हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

किन ढिलो बाहिरिन थाल्यो मनसुन ?

हल्दिबारी, १७ असाेज। मुलुकभित्र सामान्यतया जून १३ मा मनसुन भित्रिन्छ। अक्टोबर २ मा बाहिरिने गर्छ। तर, सन् २००० यता मनसुन ढिलो गरी बाहिरिन थालेको छ। यसलाई जलवायु परिवर्तनको दीर्घकालीन असर मान्न सकिने मौसमविद्हरू बताउँछन्।

Advertisement

जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार सन् २००० यताका १३ वर्षमा मनसुन ढिला बाहिरिएको छ। पछिल्लो मनसुन भित्रिन समय पनि ढिलाइ भइरहेको छ। वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार अझै सातादिन जस्तो मनसुन सक्रिय रहने देखिन्छ।

Advertisement

त्यसपछि विस्तारै पश्चिमबाट खुल्दै जानेछ। हाल भारतको राजस्थानबाट मनसुन बाहिरिँदै गएको छ। पौडेलले भने, ‘चार÷पाँच दिन अझै केही बद्ली हुने र पानी पर्ने देखिन्छ। त्यसपछि विस्तारै पश्चिमबाट खुल्दै जानेछ।’

जलवायु परिवर्तनका कारण मौसम ढिला भित्रिने र ढिलै बाहिरिने क्रम दोहोरिन थालेको उनको भनाइ छ। ‘वायुमण्डल र समुद्रको सर्कुलेसनले वाष्पीकरण हुने तथा पानी पार्ने चक्रमा कहीँ न कहीँ थोरै मात्रामा असर छ,’ पौडेलले थपे ‘ग्लोबल वार्मिङ तथा जलवायु परिवर्तनको दीर्घकालीन असर हुनसक्छ। त्यसलाई ‘क्लाइमेट भेरीबेलिटी’ पनि भन्छौं।’

मुलुकमा पानी पर्ने प्रणाली र प्रक्रियामा पनि परिवर्तन आएको छ। सुक्खा हुने वा अत्यन्त वर्षा हुने क्रम बढ्दै गएको छ। धेरै वर्षा हुने ठाउँमा कम वर्षा हुने र कम वर्षा हुने ठाउँमा धेरै वर्षा भएका घटना छन्।

चरम मौसमी अवस्थाहरू पनि देखिएका छन्। अत्यधिक जाडो र अत्यधिक गर्मी हुन थालेको छ। जल तथा मौसम विभागका मौसमविद् सुदर्शन हुमागाईँ जलवायु परिवर्तनको कारण मनसुन बहिर्गमनमा ढिलाइ भएको हुनसक्ने बताउँछन्।

पछिल्लो समय नेपालमा अक्टोबरको आधासम्म पनि पानी पर्ने क्रम बढेको छ। हुमागाईंले भने, ‘कुनै वर्ष ढिलोछिटो हुनु सामान्य प्रक्रिया हो। तर, सन् २००० यताका वर्षहरूमा धेरैजसो वर्ष मनसुन बाहिरिने समय पछाडि धकेलिँदै जानुले जलवायुको असर मान्न सकिन्छ।’ यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)