हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

दूध बोक्ने गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

(फाइल तस्विर) हेटौँडा, १७ असोज। मकवानपुरको बकैया गाउँपालिकामा दूध बोक्ने गाडी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । आज बिहान बकैया गाउँपालिका–५ सिरपुर ओरालोमा दूध बोक्ने गाडी ना १ घ ५४४ लगभग दुई सय मिटर तल खस्दा चालक हेटौँडा उपमहानगरपालिका–९ लामसुरेका सिद्धान्त लामाको मृत्यु भएको हो ।

Advertisement

बाग्मती गाउँपालिकाका अध्यक्ष सर्केस घलानले आफ्नै अगाडी गाडी पल्टिएको र तत्कालै उद्धार गरेर चालक लामालाई अस्पताल पुर्‍याउँदा हेटौँडा अस्पतालका चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेको जानकारी दिनुभयो । उहाँका अनुसार सोही स्थानका सहचालक प्रेम अधिकारीको अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement

अध्यक्ष घलानले नेकपा माओवादी केन्द्रको बाग्मती गाउँपालिका अध्यक्ष अरुण बल, पालिकाका कृषि शाखाप्रमुख वीरेन्द्र समालसहित हेटौँडा जाँदै गर्दा उक्त गाडी खसेपछि प्रहरी चौकी गरगरेमा जानकारी गरी उद्धारमा खटिएको जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दूध लिनका लागि हेटौँडाबाट बकैया गाउँपालिकातर्फ गइरहेको गाडी ओरालोमा अनियन्त्रित भएर सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)