कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

लोकप्रिय गायक श्रीकृष्ण लुईँटेलकाे ‘सय रुपीयाँ पोका’ शीर्षकको गीत सार्वजनिक

हेमन्त मैनाली, झापा। हास्य अभिनेताको समेत छवि बनाएका लोकप्रिय गायक श्रीकृष्ण लुईँटेल ‘बोकेदारी’ पुनः एक पटक आफ्नो नयाँ सांगीतिक कोशेलीमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् ।

Advertisement

समाजका हरेक अवस्थालाई गीत–संगीतमार्फत जनचेतना फैलाउन सिपालु कलाकारको रुपमा स्थापित भएका लुईँटेलले यसपटक ‘सय रुपीयाँ पोका’ शीर्षकको गीत सार्वजनिक गरेका छन् ।

Advertisement

झट् सुन्दा हास्य व्यंग्य जस्तो लाग्ने यो गीतले पनि समाज भित्रका यथार्थतालाई चित्रण गरेको छ । यो चेतनामूलक गीतमा कागतीको परिचर्चा गर्दै गीतको अन्त्यमा एउटा चोटिलो सन्देश दिन खोजिएको छ ।

यो गीतमा गायक लुईँटेलकै शब्द तथा संगीत सुन्न सकिन्छ । सुरज श्रेष्ठ यो गीतका संगीत संयोजक हुन् । विराटनगरस्थित बिट्स स्टुडियोमा यो गीत रेकर्ड गरिएको हो ।

मिस्टर बि१३द्वारा सम्पादन गरिएको यो गीतको म्युजिक भिडियो आकर्षक बनेको छ । बिएस स्टुडियो, इटहरीद्वारा छायांकन गरिएको यो गीतको भिडियोमा श्रीकृष्ण लुईंटेल, छवि बैरागी, पूरन राई, रुप नारायण श्रेष्ठ, कल्पना पाण्डे, संगिता यादव, गीता कोइराला, आनन्द बस्नेत, राजन क्षेत्री, कुशल प्रधान, रबिना प्रधान, निराजन श्रेष्ठ, नवराज खड्का, सञ्जय राई, आनन्द बस्नेत, ज्योतिका भुजेल तथा बाल कलाकार प्रसन्ना पोखरेलले अभिनय गरेका छन् ।

भिडियाे

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article