खेलकुद
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कराँतेमा नेपालकी एरिका गुरुङले जितिन रजत पदक

चाइनामा जारि १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) को कराँतेमा नेपालकी एरिका गुरुङले रजत पदक जितेकी छिन्।

उनी ६८ केजी तौल समूहको फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० ले पराजित भएपछि रजत पदकमा चित्त बुझाउन पुगेकी छिन।

उनले सेमिफाइनलमा हङकङकी यान काई होलाई ८–४ ले हराउँदै एरिका फाइनलमा पुगेकी थिइन्। एरिकाले नेपालका लागि जारी एसियाली खेलकुदमा दोस्रो पदक जितेकी हुन्। यसअघि नेपालले कबड्डीमा कांस्य पदक जितेको थियो।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)