खेलकुद
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कराँतेमा नेपालकी एरिका गुरुङले जितिन रजत पदक

चाइनामा जारि १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) को कराँतेमा नेपालकी एरिका गुरुङले रजत पदक जितेकी छिन्।

Advertisement

उनी ६८ केजी तौल समूहको फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० ले पराजित भएपछि रजत पदकमा चित्त बुझाउन पुगेकी छिन।

Advertisement

उनले सेमिफाइनलमा हङकङकी यान काई होलाई ८–४ ले हराउँदै एरिका फाइनलमा पुगेकी थिइन्। एरिकाले नेपालका लागि जारी एसियाली खेलकुदमा दोस्रो पदक जितेकी हुन्। यसअघि नेपालले कबड्डीमा कांस्य पदक जितेको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article