हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

चाबहिल र जमलमा रक्तदान

काठमाडौ ,२ असोज /रगत आपूर्ति र बितरणमा भईरहेकाे बेमेललाई न्यूनीकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजले रक्तदान गर्न/गराउन गरिएको आह्वानलाई सार्थक तुल्याउँदै आज चाबहिल र जमलमा दुई छुट्टाछुट्टै रक्तदान कार्यक्रमकाे आयोजना गरियाे ।

Advertisement

दुबै कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं “रक्तदाता सम्राट्” र “राष्ट्रिय रक्त नायक”बाट बिभूषित स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख उपस्थिति रहेकाे थियो ।

Advertisement

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं “रक्तदाता सम्राट्र” र “राष्ट्रिय रक्त नायक”बाट बिभूषित प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा जमल स्थित सिध्दिभवनमा सिटिजन लाईफ ईन्स्याेरेन्स कम्पनीकाे छैठौं बार्षिकाेत्सबकाे उपलक्ष्यमा आयाेजित बिशेष रक्तदान कार्यक्रममा कम्पनीका नायब महाप्रबन्धक श्री दिपबहादुर बि.सि. समेत साे कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ३६ जनाले रक्तदान गर्नुभएको थियो । साेहि कम्पनीकाे आयाेजनामा पाेखरा,बुटवल, धनगढी र काठमाडौं समेत गरि जम्मा १५५ जनाले रक्तदान गर्नुभएको थियोे ।

त्यसैगरि उपासना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र ओम गल्स होस्तेलद्वारा संयुक्तरूपमा  चाबहिल स्थित कार्यालय प्राङ्गणमा आयाेजित रक्तदान कार्यक्रममा ओम अस्पतालका अध्यक्ष डा.आनन्द प्रसाद श्रेष्ठकाे प्रमुख आतिथ्यता र नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं “रक्तदाता सम्राट्” र “राष्ट्रिय रक्त नायक” बिभूषणबाट बिभूषित स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यकाे विशेष आतिथ्यता रहेकाे कार्यक्रमकाे संयाेजन मुक्तिसुन्दर जधारीले गर्नुभएको थियो ।

रक्त संकलन थैली हस्तान्तरण गरि शुरू गरिएको साे कार्यक्रममा अतिथिहरू क्रमश: टंककहादुर श्रेष्ठ,सूर्यकुमारी श्रेष्ठ र संस्थाका अध्यक्ष राेशन भयाेद्य: हुनुभएको  उक्त कार्यक्रममा जम्मा २३ जनाले रक्तदान गर्नुभएको थियो ।

छुट्टाछुट्टै आयाेजित उक्त दुबै कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं “रक्तदाता सम्राट्र” र “राष्ट्रिय रक्त नायक” बिभूषणबाट बिभूषित प्रेमसागर कर्माचार्यले स्वयंसेवी रक्तदाताहरूलाई प्रशंसा-पत्र बितरण गर्नुभएको थियोे ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)