कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

लोकप्रिय गायक राजेन्द्र र राज कुमारको बुट्टा भरेर बजारमा (भिडियो सहित)

काठमाण्डौ । छाडा संस्कृतिलाई बहिस्कार गरौ मौलिक संस्कृतिको जगेर्ना गरौ भन्ने मूल नाराका साथ राष्ट्रिय संगीतकर्मी संघका निवर्तमान केन्द्रिय अध्यक्ष तथा राष्ट्रिय लोक साँस्कृतिक संघका अध्यक्ष राजेन्द्र कुमार कार्की को नयाँ गीत बुट्टा भरेर बजारमा आएको छ । कलाकार विष्णु खत्रीको संगीत र राजेन्द्र कुमार कार्कीको रचना र परिकल्पनामा रहेको गीतमा स्वर राजेन्द्र कुमार कार्की, राज कुमार हुमागाईं र श्रीदेवी देवकोटाको रहेको छ भने गीत मिलन फिल्मस् प्रोडक्सन प्रा.लि. युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरिएको छ

Advertisement

उक्त गीतको म्युजिक भिडियोलाई मिलन श्रेष्ठले निर्देशनमा गरेका हुन् भने गीतमा नृत्य निर्देशन अमन राणा छायांकन तथा ड्रोन जनक राज अधिकारी सम्पादन रोशन धितालको रहेछ । गीतको एरेन्ज कमल सौरागको रहेको छ। गितलाई मारूनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो भने फाइनल मिक्सिङ्ग कुमार राणा मगरको रहेको छ ।

Advertisement

भिडियो …………….

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article