हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

सिग्मा अंग्रेजी विद्यालयमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

हल्दिबारी, ३ कार्तिक । हल्दिबारी गाउँपालिका २ मा रहेको सिग्मा अंग्रेजी विद्यालयको आयोजना तथा शिक्षा समिति हल्दिबारीको सहकार्यमा शुभकामना तथा बिचार आदान प्रदान कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तारा प्रसाद पराजुलीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथित्यता मा सम्पन्न भएको छ ।

Advertisement

नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली, छठ पर्व तथा नेपाल संवद ११४४ को पावन अवसर पारेर राखिएको शुभकामना आदान प्रदान कार्यक्रममा हल्दिबारी गाउँपालिकाका जनप्रतिनिधिहरु निजी तथा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु, शिक्षा समितिका सदस्यहरु लगायत शिक्षा प्रेमी महानुभावहरुको उपस्थिति रहेको थियो ।

Advertisement

उक्त कार्यक्रममा प्रमुख अतिथि रविन्द्र प्रसाद लिङ्देन, हल्दिबारीका अग्रज शिक्षासेवी नरेन्द्र कुमार कार्की, हल्दिबारी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष देवी बहादुर थापा, २ का वडा अध्यक्ष शुकलाल राजवंशी, ४ नं. वडा अध्यक्ष शन्त कुमार थापाले शुभकामना मन्तव्य राख्नु भएको थियो । त्यसै गरी हल्दिबारी १ का वडा सदस्य प्रकाश कुमार कार्की, गाउँ शिक्षा समिति सदस्य धर्मराज शिवाकोटी, प्यावसन हल्दिबारीका अध्यक्ष याम दंगाल, नेपाल रेडक्रस हल्दिबारीका सभापति कर्णखर प्रसाईं, हल्दिबारी माविका प्रअ टंक पाख्रिन, रामेश्वर प्राविकी प्रअ मेनुका शर्मा, संस्कृत विद्याय गोल्धापका प्राचार्य खिबराज न्यौपाने, बाल क्लवकी छात्रा विमला ओलीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

सिग्मा अंग्रेजी विद्यालयका प्रिन्सिपल नरेश पराजुलीले स्वागत गर्नु भएको कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक गोपाल गौतमले गर्नु भएको कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले मरोरञ्जनात्मक संस्कृतिक कार्यक्रम गर्नु भएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)