हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

झी बर्यानी पुच:काे आयाेजनामा सडक दौड तथा रक्तदान

आश्विन काठमाडौं/रगत आपूर्ति र बितरणमा भईरहेकाे बेमेललाई न्यूनीकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजले रक्तदान गर्न/गराउन गरिएको आह्वानलाई सार्थक तुल्याउँदै आज गाेदावरी नगरपालिका अन्तर्गत वडा नम्बर १४ स्थित लाक्षी टाेलमा आज एक बिशेष सम्मान तथा रक्तदान कार्यक्रम एवं ५ किलोमिटर सडक दाैड प्रतियोगिताकाे समेत आयाेजना गरि दशैंकाे उपलक्ष्यमा शुभकामना आदानप्रदान गरि समापन गरिएको छ ।

Advertisement

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं “रक्तदाता सम्राट्” र “राष्ट्रिय रक्त नायक”बाट बिभूषित स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यले कार्यक्रमका प्रमुख अतिथि गाेदावरी  नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनलाई रक्त संकलन थैली हस्तान्तरण गरेर रक्तदान कार्यक्रमकाे शुभारम्भ गर्नुभएको  थियो ।

Advertisement

झी बर्यानी पुच:काे आयाेजनामा आयाेजित साे कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा २६ जनाले रक्तदान गर्नुभएको साेहि कार्यक्रममा सडक दाैड प्रतियोगितामा बिजय हुनुभएका खेलाडीहरूलाई पुरस्कार पनि बितरण गर्नुभएको थियोे ।

पुच:का अध्यक्ष निराेज महर्जनको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा बिशेष अतिथि गाेदावरी नगरपालिकाकी उपप्रमुख मुना अधिकारी र अतिथिमा १४ नम्बर वडाका वडाध्यक्ष निराेज बज्राचार्य हुनुहुन्थ्यो । पुच:का अध्यक्ष एवं कार्यक्रमका सभापतिले नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं “रक्तदाता सम्राट्” र “राष्ट्रिय रक्त नायक”बाट बिभूषित स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यलाई बुध्दकाे प्रतिमा  मायाकाे चिनाे स्वरूप प्रदान गरिएको थियो ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)