हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

प्रेमसागरको १७६ औं पटक रक्तदान

१० कार्तिक बाँके/नेपाल स्वयंसेवी रक्तदाता समाज राप्ती साेनारी गाउँपालिका समितिद्वारा आज एक विशेष रक्तदान कार्यक्रमकाे आयाेजना गरि पीडितपक्षलाई केहीहदसम्म भएपनि राहत प्रदान गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि राप्ती साेनारी गाउँपालिका अध्यक्ष तप्त पाैडेल र बिशेष अतिथि  नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं “रक्तदाता सम्राट्” र “राष्ट्रिय रक्त नायक”बाट बिभूषित स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा संयुक्तरूपमा रक्त संकलन थैली हस्तान्तरण गरि कार्यक्रमकाे शुभारम्भ गर्नुभएको थियोे ।
नेपाल स्वयंसेवी रक्तदाता समाज राप्ती साेनारी गाउँपालिका समिति अध्यक्ष दिब्या गुरूङकाे सभापतित्वमा सञ्चालित साे कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेत जिल्ला शाखाका अध्यक्ष प्रवाशकुमार शाक्य,नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके जिल्ला शाखाका अध्यक्ष दिला शाह,नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके जिल्ला शाखाका सल्लाहकार एवं बरिष्ठ पत्रकार  पूर्णलाल चुके र राप्ती साेनारी गाउँपालिका – ६ का अध्यक्ष लवराज खरेल अतिथिकाे रूपमा उपस्थित हुनुहुन्थ्यो ।

साेहि कार्यक्रममा १७६औं पटक रक्तदान गर्नुहुने सर्वाधिक स्वयंसेवी  कर्माचार्यलाई दाेसल्ला ओढाई,फुलमाल खादा लगाई सार्वजनिक सम्मान गर्नुभएको थियो ।

Advertisement

साथै आयाेजककाे निमन्त्रणालाई स्विकार्दै काठमाडौंबाट १७६औं पटक रक्तदान गर्न बिशेष अतिथिकाे रूपमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं “रक्तदाता सम्राट्” र “राष्ट्रिय रक्त नायक”बाट बिभूषित स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यका साथै अतिथिहरू क्रमशः नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेत जिल्ला शाखाका अध्यक्ष प्रवाशकुमार शाक्यले ८०औं पटक र नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके जिल्ला शाखाका अध्यक्ष दिला शाहले २६औं पटक रक्तदान गर्नुभएको उक्त रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ९६ ले रक्तदान गर्नुभएको थियो ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)