haldibari.com
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

निषेधित तथा म्याद गुज्रिएको औषधी सहित ३ जना  पक्राउ 

सुनसरी, १६ कार्तिक / सुनसरीको बराहक्षेत्र नगरपालिका-५ कालाबञ्जारबाट  निषेधित तथा म्याद गुज्रिएको औषधी बिक्री बितरण गर्ने पसल संचालक र निषेधित औषधी खरिद गर्ने  २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बराहक्षेत्र-५ कालाबन्जार स्थित रहेको सुभेक्षा मेडिकलबाट नियन्त्रित तथा म्याद गुज्रिएको औषधीहरु बिक्री बितरण भइरहेको भन्ने बिशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट मंगलवार खटिएको प्रहरी टोलीले औषधी बिक्री गर्ने पसल संचालक स्थानिय ५० बर्षिय विनय चौधरी तथा औषधी खरिद गर्ने बराहक्षेत्र नगरपालिका-८ का २१ बर्षिय रोमन नेपाली र बराहक्षेत्र नगरपालिका-३ का २१ बर्षिय विधान राईलाई पक्राउ गरेको हो  ।
उनिहरुको साथबाट प्रहरीले निषेधित औषधी Hydrochloride & Phenylephrine Hydrochloride Antikof Tablets ११८१ र ३४ क्याप्सुल तथा म्याद गुज्रिएको Syrup २० पिस, Cream १९ पिस र क्याप्सुल तथा ट्याब्लेट गरी ६५ पिस बरामद गरेको छ ।
निषेधित तथा म्याद गुज्रिएको औषधी बिक्रि बितरण तथा खरिद गर्ने उनिहरुलाई औषधी सहित पक्राउ गरी आवश्यक कारवाहीको लागि औषधी व्यवस्था बिभागको कार्यालय बिराटनगरमा बुझाईएको छ ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article