हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिबारीमा आत्महत्या न्युनिकरण, रोकथाम सचेतनामुलक कार्यक्रम

हल्दिबारी, १७ कार्तिक । हल्दिबारी गाउँपालिका वडा नं. २ स्थित हल्दिबारी माविमा आत्महत्या न्युनिकरण तथा रोकथाम सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

हल्दिबारी माविका प्र.अ. टंक पाख्रिनको अध्यक्षता तथा वडा नं. २ का वडा अध्यक्ष शुकलाल राजवंशीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त जनचेतनामुलक कार्यक्रममा कक्षा ६ देखी १२ सम्मका विधार्थीहरुको सहभागिता रहेको थियो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय झापाको सहकार्यमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालय २, हल्दिबारी प्रहरी चौकी, जिल्ला प्रहरि कार्यालयको संयुक्त आयोजनामा हल्दिबारी माविका विद्यार्थी, शिक्षकलाई आत्महत्या न्युनिकरण र रोकथाम सम्वन्धि जानकारी प्रहरी साहायक निरिक्षक सुमन राईले जानकारी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्क अनुसार २०७८÷०७९ मा १०३ जना महिला र २१२ जना पुरुषले आत्महत्या गरेका थिए भने २०७९÷०८० मा १३२ जना महिला र १८५ जना पुरुषले आत्महत्या गरेको थिए । त्यसैगरि २०८०÷०८१ को साउन , भदौ, असोजमा २४ महिला र ४६ पुरुषले आत्महत्या गरेको उक्त कार्यक्रममा राईले जानकारी दिनु भएको छ ।

हल्दिबारी गाउँपालिकामा १५ महिना भित्रमा २२ जनाले आत्महत्या गरेको समेत कार्यक्रममा राईले जानकारी दिनु भयो । उक्त कार्यक्रमलाई प्रमुख अतिथि समेत रहनु भएका वडा अध्यक्ष शुकलाल राजवंशीले आत्महत्या रोकथाममा वडा बाट हुन सक्ने सवै किसिमको सहयोग गर्ने बचन बधता दिदै यस सम्वन्धि जनचेतना मुलक कार्यक्रमहरुलाई सवै विद्यालयमा लैजाने समेत बताउनु भएको छ ।

त्यस्तै, हल्दिबारी गाउँपालिका वडा नम्बर –४ बडाबारि को महेन्द्र मा.वि मा आत्महत्या रोकथाम तथा न्यूनीकरण र साइबर क्राईम सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । महेन्द्र मा.वि का प्र.अ चक्र बाहादुर बस्नेतको सभापतित्यमा भएको कार्यक्रमको प्रमुख अतिथी हल्दिबारि ४ का वडा अध्यक्ष सन्त कुमार थापा साथै बिद्यालयका सम्पुर्ण कर्माचारी र विद्यार्थीको सहभागीता रहेको थियो ।

बडाबारिमा रहेको महेन्द्र मा.वि मा कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम सम्पन्न भएको हो । जिल्ला प्रहरी कार्यालय झापा र जलथल प्रहरी चौकीको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा आत्म३हत्या न्यूनीकरण,साइबर क्राईम सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्बन्धी चेतनामूलक कार्यक्रम गरिएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)