हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

फक्तालुङ बाल कल्बको आयोजनामा कार्तिक २४ गते नगर स्तरीय अन्तर मावि हाजिरी जबाफ प्रतियोगिता

रिजन तिम्सिना
कनकाइ नगरपालिका वडा नम्बर सातमा रहेको फक्तालुङ बाल कल्बको आयोजनामा नगर स्तरीय अन्तर मावि हाजिरी जबाफ प्रतियोगिता यहि कार्तिक २४ गतेका दिन आयोजना गरिने भएको हो ।

Advertisement

उक्त कार्यक्रम फक्तालुङ बालकल्बको आयोजना र कनकाइ नगरपालिका , वडा नम्बर सातको कार्यलय र कनकाइ नगर बाल संजालको सहकार्यमा हुने भएको हो।

Advertisement

विद्यार्थीहरुको बौद्धिक विकासको लागी पहिलो पटक संचालन गर्न लागेको सो प्रतियोगिता कार्तिक २४ गते शुक्रबार फक्तालुङ एजुकेसन फाउन्डेसन कनकाइ सातमा हुने तथा कार्तिक २२ गते भित्र नाम भरेर पठाई सक्नु पर्ने फक्तालुङ बाल कल्ब उपाध्यक्ष रिजन तिम्सिनाले बताउनु भएको छ ।

बाल्कल्ब अध्यक्ष सुबास पौडेले प्रतियोगितामा आफ्ना विद्यालयको छात्र–छात्राहरुलाई सहभागि गराएर विद्यार्थीहरुको बौद्धिक विकासमा सहयोग पुर्याउन अनुरोध गर्नु भएको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)