हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

मुक्ति संगीत प्रशिक्षण केन्द्रद्वारा रक्तदान कार्यक्रम सम्पन्न

मंसिर ८ गते शुक्रबार,भक्तपुर / “प्रत्येक स्वस्थ व्यक्तिले रक्तदान गर्नु सामाजिक दायित्व/कर्तव्य हाे भने नि:शुल्क रगत पाउनु पीडित(बिरामी)हरूकाे नैसर्गिक अधिकार हाे” ! मूल नाराकासाथ मुक्ति संगीत प्रशिक्षण केन्द्रद्वारा वर्तमान अवस्थामा भइरहेको रगतको अभावलाई मध्य नजर राख्दै नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं रक्तदाता सम्राट् , राष्ट्रिय रक्त-नायक स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा “आकस्मिक रक्तदान”  कार्यक्रमकाे आयाेजना गरि सम्पन्न गरिएको छ।

Advertisement

टाैमढी टाेल,भक्तपुर नगरपालिका वडा नं. ५ मा आयाेजित साे कार्यक्रमकाे शुभारम्भ प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं राष्ट्रिय रक्तनायक तथा रक्तदाता-सम्राट उपाधिबाट बिभूषित,नेपालका सर्वाधिक १७६औं पटक रक्तदान गरिसक्नु भएका स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले नेपाल स्वयंसेवी रक्तदाता समाज भक्तपुर जिल्ला शाखाका कार्यसमिति सदस्य आशिष त्वाय्‌नालाई रक्त संकलन थैली हस्तान्तरण गरि गरिएको साे कार्यक्रममा विशेष अतिथि चेम्बर्स अफ कमर्शका केन्द्रीय सदस्य एवं भाैतिक पूर्वाधार उपसभापति राेशन भयाेध्याे हुनु भएको उक्त कार्यक्रममा अतिथिहरू क्रमशः नेपाल स्वयंसेवी रक्तदाता समाज भक्तपुर जिल्ला शाखा अध्यक्ष एवं आज रक्तदान समेत गर्नुहुने सद्दाम बाला र पत्रकार सुरेश सैंजु हुनुहुन्थ्यो ।

Advertisement

आज ७औं पटक रक्तदान गर्नुहुने मुक्ति संगीत प्रशिक्षण केन्द्रका अध्यक्ष राेशिका जधारीले सभापतित्व गर्नुभएकाे उक्त कार्यक्रमकाे सञ्चालन ८औं पटक रक्तदान गर्नुहुने प्रशिक्षण केन्द्रका सचिव राेशिक जधारीले गर्नुभएको थियोे भने कार्यक्रमकाे पूर्ण संयाेजन नेपाल स्वयंसेवी रक्तदाता समाजका संस्थापक सदस्य मुक्तिसुन्दर जधारीले गर्नुभएको थियाे ।

कार्यक्रमका संयाेजकले प्रमुख अतिथि र अतिथिहरूलाई मायाकाे चिनाे प्रदान गर्नु भएको थियोे भने प्रमुख अतिथि तथा विशेष अतिथिले रक्तदान गर्नहुनेहरूलाई प्रशंसा-पत्र र रक्तदाता बाय्‌ज प्रदान गर्नुभएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)