अर्थ
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हाम्रो नेपाल बचत तथा ऋण सहकारी इकाई नं. ३ चन्द्रगढीको साधारण सभा सम्पन्न

हल्दिबारी, १५ मंसिर । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था ली को इकाई नं. ३ चन्द्रगढीको साधारण सभा संस्थाका केन्द्रीय अध्यक्ष भवानी प्रसाद दंगालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष भवानी प्रसाद दंगालले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । झापा, मोरङ्ग, इलाम जिल्लामा ३१ वटा सेवा केन्द्रहरु रहेका छन् भने ३५ हजार ८ सय ८४ जना शेयर सदस्य रहेको संस्थाले ७ वटा इकाइ भेला गरी मंसिर २७ गते माइन्युट प्रकाणितकरण भई साधारण सभा सम्पन्न हुने छ । संस्थाका ३५ हजार ८ सय ८४ शेयर सदस्य रहेका छन् भने ६ हजार ३ सय ७३ जना ऋणी सदस्य त्यसै गरि १८ करोड ८७ लाख ४८ हजार ७ सय संस्थाको पुँजी रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेखित छ । अध्यक्षको प्रतिवेदन अनुसार १ अर्व १४ करोड ११ लाख ६४ हजार ५९ रुपैया ५३ पैसा बचत निक्षेप रहेको छ भने संस्थाको वाह्य ऋण ७३ करोड २८ लाख ७५ हजार ९६ रुपैया ५ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ ।

त्यसै गरि संस्थाले १ अर्व ८४ करोड ७२ लाख ६ हजार ७ सय ९२ रुपैया ५ रुपैया लगानी गर्दै ३५ करोड २२ लाख २३ हजार ५ सय ३५ रुपैया ६ पैसा आम्दानी गरेको प्रतिवेदनमा उल्लेख छ । चालु आ.व. मा संस्थाले ४ लाख ९७ हजार ५ सय ४६ रुपैया ६६ पैसा मुनाफा गरेको समेत अध्यक्षको प्रतिवेदनमा जनाइएको छ ।

आज सम्पन्न इकाइ नं. ३ सेवा केन्द्र अन्र्तगत चन्द्रगढी सेवा केन्द्रमा १३ सय ४६, मंगलबारे सेवा केन्द्रमा ११ सय २९, बनियानी सेवा केन्द्रमा १५ सय ४६ र सोमबारे भद्रपुर सेवा केन्द्रमा ६ सय ५ जना शेयर सदस्य रहेको बार्षिक प्रतिवेदनमा उल्लेख छ ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)