हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिबारी गाउँपालिका वाड नं ४ बाल सञ्जालले बालमैत्री अभिमुखीकरण कार्यक्रम सम्पन्न गर्यो

पवन गिरी। आज मिति २०८०/०८/२२ गते हल्दिबारी गाउँपालिका वडा नं ४ बाल सञ्जलको आयोजनामा साथ साथै वाड नं ४ को आर्थिक सहयोगमा बालमैत्री अभिमुखीकरण कार्यक्रम वडा न ४ मा सम्पन्न भएको छ ।

Advertisement

वडा नं ४ बाल संजाल अध्यक्ष सलिना भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ४ का अध्यक्ष सन्त कुमार थापा प्रमुख अतिथिका रुपमा रहनु भएको थियो । त्यस्तै विशिष्ट अतिथि योजना शाखा प्रमुख राजन न्यौपाने मुख्य प्रशिक्षकको भूमिकामा रहनु भएको थियो भने विशिष्ट अतिथिकै रूपमा महिला तथा बालबालिका शाखा प्रमुख तृष्णा थापा मगर रहनु भएको थियो। त्यस्तै अतिथिका रुपमा हल्दिबारि गाउँपालिका बाल सञ्जाल अध्यक्ष पवन गिरी , कृष्ण सागर अङ्ग्रेजी विद्यालयका शिक्षक दिपेश अधिकारी , हल्दिबारी गाउँपालिका स्तरीय बाल सञ्जलाका सल्लाहकार विष्णु प्रसाद कोइराला रहनु भएको थियो । कार्यक्रम बालमैत्री वडा बनाउन आवश्यक सूचकहरुको बारेमा प्रशिक्षक तथा योजना शाखा प्रमुख राजन न्यौपानेले जानकारी गराउनु भएको थियो ।

Advertisement

कार्यक्रम स्वागत मन्तव्य सञ्जालकी सदस्य सिसम मैनालीले रखिकी थिइन भने शुभकामना पवन गिरी त्यस्तै मन्तव्य बालबालिका शाखा प्रमुख तृष्णा थापा मगर र प्रमुख अतिथि तथा वडा अध्यक्ष सन्तकुमार थापाले राख्नु भएको थियो । कार्यक्रमको बारेमा थापाले बोल्दै बालमैत्री बनाउन २०८१ पौष सम्म सक्दो पहल गर्ने समेत बताउनु भएको थियो । त्यस्तै कार्यक्रममा बोल्दै बाल सञ्जालकी अध्यक्ष सलिना भट्टराईले कार्यक्रम सम्पन्न गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन सञ्जालका सचिव सत्यम नेपालले गरेका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)