हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

पत्रकार महासंघ झापाको ३५औं स्थापना दिवसमा संस्थापकहरुलाई सम्मान

बिर्तामोड, पुस ९। नेपाल पत्रकार महासंघ झापाको ३५औं स्थापना दिवस सोमबार बिर्तामोडमा मनाइएको छ ।

Advertisement

कार्यक्रमकी प्रमुख अतिथि प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले उद्घाटन गरेको कार्यक्रममा महासंघ झापाको संस्थापक कार्यसमितिलाई सम्मान गरिएको थियो ।

Advertisement

सोही अवसरमा विभिन्न दाताहरुले महासंघले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई नगद तथा चेक हस्तान्तरण गरेका थिए ।

महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा शाखाका संस्थापक समितिका सचिव तथा पूर्व अध्यक्ष तारा बराल, संस्थापक समितिका सदस्य तथा पूर्व अध्यक्ष गोविन्द चन्द क्षेत्री र संस्थापक कार्यसमिति सदस्य मोहन ढुंगानालाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । ढुंगानाको सम्मान उनका छोरा पूर्व पत्रकार देवेन्द्रकिशोर ढुंगानाले ग्रहण गरेका थिए ।  सहभागी सबैले सामुहिक रुपमा दिप प्रज्ज्वलन गरी महासंघको ३५औं स्थापना दिवसको उत्सव मनाएका थिए ।

कार्यक्रममा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवम् मुलुकमा परिवर्तनका लागि पत्रकार महासंघ झापाले निर्वाह गरेको भूमिकाको चर्चा गरिएको थियो । कार्यक्रमका वक्ताले नेपाली पत्रकारिताको इतिहासमा झापाली पत्रकारिताको स्थान र गरिमा उच्च रहेको भन्दै  पत्रकारहरुको छाता संस्था महासंघलाई कमजोर बनाउने खेल कतैबाट हुनु नहुने कुरामा जोड दिए ।

प्रमुख अतिथि उपसभामुख राना, पूर्व अध्यक्षहरुको तर्फबाट संस्थापक समितिका सचिव समेत रहेका बराल र सामाजिक संघ–संस्थाका तर्फबाट एकका लागि एक अभियानका सहसंयोजक तथा झापा गोल्डकपमा अध्यक्ष विनोद बस्तेले शुभकामना व्यक्त गरेका थिए ।

उपाध्यक्ष केशव भट्टराईले औचित्यमाथि प्रकाश, उपाध्यक्ष सुशिला संग्रौलाले स्वागत गरेको कार्यक्रम सचिव डिकेश लामाले सञ्चालन गरेका थिए । सम्मानित व्यक्तित्वको सम्मानपत्र कार्यसमिति सदस्य स्वस्तिका आचार्यले वाचन गरेकी थिइन् ।

पत्रकार सहारा उपचार कोषका लागि उक्त कार्यक्रममा नौ लाख ११ हजार एक सय ११ रुपैयाँ जुटेको छ । छ लाख ३३ हजार एक सय ११ रुपैयाँ नगद तथा चेकबाट प्राप्त भएको छ भने विभिन्न दाताले कोषलाई दुई लाख ७८ हजार रुपैयाँ प्रदान गर्ने दाताले घोषणा गरेका छन् ।
कार्यक्रममा महासंघका पूर्व अध्यक्षहरु चिन्तामणि दाहाल, मोहन काजी, भीम नेम्वाङ, तारामणि सापकोटा, महासंघ तेह्रथुम शाखाका अध्यक्ष अमृत बाँस्तोला लगायत पत्रकारका संघ–संगठनका प्रमुख–प्रतिनिधि, सामाजिक तथा व्यवसायिक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुको आतिथ्य रहेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)