कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

गजल : देवेन्द्र किशोर ढुङगाना

बहुमूल्य छ मोती समुन्द्रको …..
यसलाई यसरी न लुटाउन परोस

Advertisement

अश्रु आँखामा बेपर्वाह आउन निषेध
मोती समुन्द्रको न लुटाउन परोस

Advertisement

हिस्सा हो दर्द भरी यो दिलको पनि
बिना कारण यसरी न बहकीन परोस

भावना खिलौना हो मान्छेको लागि
दिल निकलेर हत्केलामा न देखाउन परोस

कहिले मिलेर प्रेमिल गीत गाउला
कसैको अंगालोमा बाधिन परोस

चोरेर मेरो दिल लैजाउ रोइ रहूला
प्रतीक्षामा काश बाचीरहनु परोस

सुंदर सपना सजाउनु जहां म रहूला
तिमी बादल बन म बर्षिन परोस

ढुंगा पनि सुन बन्देउ पारस हौ तिमी
हर पल तिम्रो यादमा मुस्कुराउन परोस

हारी दिन्छु सारा भुलेर तिम्रै निम्ति
आज यसरी नै समागम हुन परोस l

– देवेन्द्र किशोर ढुङगाना
भद्रपुर, झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article