धर्म
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिबारीमा किराँत नयाँ बर्ष येलेदोङ ५०८४ धुमधामका साथ मनाईयो

हल्दिबारी , नेपाल किराँत कुलुङ भाषा संस्कृती उत्थान संघ हल्दिवारी गाउँसमितिको आयोजनामा किराँत नयाँ बर्ष (येलेदोङ) ५०८४ धुमधामका साथ मनाइएको छ ।

Advertisement

हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यता एवं संघका हल्दिवारी अध्यक्ष महेस कुलुङ्गको सभापतित्वमा हल्दिवारी -३ देउनिया डाडामा भुमि पुजा गरेर उनीहरुको पर्व चाकचाकुर मनाएका छ्न ।

Advertisement

कार्यक्रममा प्रमुख अतिथि पालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देन , ३ नम्बर वडा अध्यक्ष बिस्णु प्रसाद ओली ,२ नम्बर वडा अध्यक्ष सुकलाल राजवन्सी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको औचित्य माथी प्रकाश एवं स्वागत संघका जिल्ला अध्यक्ष डिकविर कुलुङ्ले गर्नु भएको कार्यक्रमको सहजीकरण संघका जिल्ला सचिव केवल कुमार कुलुङको रहेको थियो । कुलुङ समुदायको सास्कृतीक कार्यक्रम सहित नयाँ बर्षको मनाएको संघले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article