कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कविता : “टोपी दिवसको शुभकामना”

कविता : “टोपी दिवसको शुभकामना”

Advertisement

टोपी दिवसको शुभकामना सबको
चुच्चे नक्सा के भयो कुन्नि तबको?
टोपी जस्तै शिर उच्चो हुनेथ्यो सबको
के होला देशको नक्सा हजुर अबको!?

Advertisement

सुन्दैछु फेरि देशको चुच्चे नक्सा हरायो
सपनीमा आइ किन पिता पुर्खा करायो।
के गर्दैछ कुन्नि फेरि हाम्रो नेपाल सरकार
किताबमा छापिएको थियो भन्ने सुने भरखर।।

चुच्चे नक्सा नभएर खुम्चियो हाम्रो टोपी
सम्झौ हजुर छातीमा हात राखेर एक चोटि।
झगडा गर्छन् सधै सासू र बुहारी जस्तो
चुप लागेर बस्दछ सरकार मन भो कस्तो।।

सगरमाथाको उचाई खुम्चियो चुच्चे नक्सा नभएर
कति बस्नु हजुर मनमा कुरा खेलाउदै दु:खी भएर।
जब सम्म चुच्चे नक्सा किताबमा छापिएर आउदैन
तब सम्म हामी नेपालीको मनले शान्ति पाउदैन ।।

काटेर खाइयो केक बनाइ नेपालको नक्सा
फेरि के होला अब त हुकुम गरेर नै बक्स।
नेपाल नरेहे हजुर हामी सब नेपाली नै रहन्न
अन्त्य गरे हजुर अब त मैले छैन केही भन्न।।

सगरमाथा झैँ अटल नै छ हाम्रो शिरको टोपी
छातीमा हात राखेर सबैले सोचौं त एक चोटि।
चार जात छत्तीस वर्णको फूलबारीकै सुगन्धछ
फैलिनेछ सुवास सधैं नेपालीको वर्ष कोटि कोटि ।।

धन्यवाद।
शुभ बिहानी ।

कविता राज कुमार कार्की
मे.न.पा.-१५, झापा ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article