समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नवोदय साकोस कमलले हल्दिवारी गाउँपालिकाको राहत कोषमा १० हजार सहयोग गर्‍यो

नवोदय साकोस कमल गाउँपालिकाले हल्दिवारी गाउँपालिकाको राहत कोषमा जम्मा हुनेगरी १० हजार सहयोग गरेको छ ।

Advertisement

साकोसका अध्यक्ष शरण कुमार पराजुलीले गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनलाई १० हजारको चेक हस्तान्तरण गरेका हुन। झापाको सबै स्थानीय तहलाई नवोदय साकोसले सहयोग उपलब्ध गर्न लागेको अध्यक्ष पराजुलीले बताए ।

Advertisement

केन्द्रिय कार्यलय कमल गाउँपालिका रहेको साकोसको ८ वटा शाखा तथा ७ वटा कार्यस्थल रहेका छ्न भने १५ हजार सियर सदस्य तथा ७० कर्मचारीले सेवा दिदै आएको साकोसका व्यवस्थापक फडिन्द्र बहादुर कार्कीले बताए। कोरोनाले लकडाउन भएको अवस्थामा अति विपन्न तथा मजदुर बर्गलाई सहयोग पुगोस् भन्ने हेतुले सबै झापाका स्थानीय तहलाई सहयोग गरेको बताइएको छ।

केन्द्रिय कार्यलय रहेको कमल गाउँ पालिकालाई १ लाख ,शाखा भएको गाउँपालिकालाई १५/१५ हजार तथा कार्यस्थल रहेका तथा इलामको चुलाचुली गाउँपालिकालाई १०/१० हजार सहयोग गरिएको व्यवस्थापक कार्कीले जानकारी दिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article