समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

चट्याङ लागेर ७२ वर्षीय वृद्धको मृत्यु

अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका–१० लिसेपानीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ७२ वर्षीय यमबहादुर घर्ती रहेका छन्।

Advertisement

घर्ती आफ्नै घरको दलानमा बसिरहेको बेला अचानक चट्याङ पर्दा उनी बेहोस भएका थिए। घटनापछि उनलाई अस्थायी धनचौर प्रहरी चौकीको टोलीले उद्धार गरी जिल्ला अस्पताल पठाएको थियो। तर उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

Advertisement

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक जगनाथ मरासिनीका अनुसार चट्याङबाट घर्तीको घरको भित्तामा पनि क्षति पुगेको छ। हाल घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article