समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापा गाउँपालिकाद्वारा उत्कृष्ट नतिजा हासिल गर्ने दुई विद्यालय र प्रधानाध्यापकलाई सम्मान

झापा, २०८१ चैत २८ । झापा गाउँपालिकाले कक्षा ८ को वार्षिक परीक्षाको नतिजाका आधारमा शैक्षिक क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेका दुई विद्यालय तथा तिनका नेतृत्वदायी प्रधानाध्यापकज्यूहरूलाई विशेष सम्मान प्रदान गरेको छ।

Advertisement

गाउँपालिका अन्तर्गत वडा नं. ३ मा अवस्थित मदरसा इस्लामिया रूहिमारी विद्यालय र वडा नं. २ स्थित श्री कुवाडी देवी माध्यमिक विद्यालयलाई उत्कृष्ट नतिजाको आधारमा नगद रु. ५०,०००।– (अक्षरेपी पचास हजार रुपैयाँ) राशीसहित सम्मानपत्र प्रदान गरियो। यसरी दुई विद्यालयलाई गरि जम्मा रु. १,००,०००।– (एक लाख रुपैयाँ) बराबरको सम्मान प्रदान गरिएको हो।

Advertisement

विद्यालयहरूको सफलताको मूल नेतृत्वकर्ता प्रधानाध्यापकज्यूहरूलाई पनि नगद रु. १०,०००।– (अक्षरेपी दश हजार रुपैयाँ) र सम्मानपत्रद्वारा गरिमामय सम्मान गरियो।

कार्यक्रममार्फत झापा गाउँपालिकाले शिक्षा क्षेत्रको गुणात्मक सुधार, समावेशी पहुँच, र प्रेरणादायी अभ्यासको प्रवर्द्धनमा आफू सदा प्रतिबद्ध रहँदै आएको पुनः पुष्टि गरेको छ। यस्ता सम्मान कार्यक्रमहरूले शिक्षकमण्डल, अभिभावक तथा विद्यार्थीहरूमा अझ बढी उत्साह, प्रतिबद्धता र प्रेरणा थप्ने विश्वास व्यक्त गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article