समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

गोप्य भिडियोको दुरुपयोग: पूर्वप्रेमिकालाई ब्ल्याकमेल गर्ने युवक पक्राउ

काठमाडौं, चैत २८ । पाँच वर्ष लामो प्रेम सम्बन्ध टुटेपछि एक युवकले आफ्नी पूर्वप्रेमिकालाई ब्ल्याकमेल गर्न सुरु गरेपछि साइबर अपराध नियन्त्रण ब्युरोको फन्दामा परेका छन्।

Advertisement

ललितपुर महानगरपालिका–४ शान्तिपुर मार्ग बस्ने २४ वर्षीय आयुष अधिकारीलाई प्रहरीले चैत २६ मा पक्राउ गरेको हो। अधिकारीले आफ्नो साथीको पूर्वप्रेमिकाले प्रेमसम्बन्धमा रहँदा प्रेमीलाई पठाएको गोप्य भिडियोको दुरुपयोग गरेर ब्ल्याकमेल गर्दै आएका थिए।

Advertisement

पीडित युवतीले उजुरी दिएपछि अनुसन्धानमा जुटेको साइबर ब्युरोका अनुसार आरोपीले ती भिडियोमार्फत रकम माग गर्नुका साथै शारीरिक सम्बन्ध राख्न दबाब दिने गरेका थिए। प्रारम्भिक अनुसन्धानमा ती भिडियो अधिकारीका साथी अर्थात् पीडित युवतीका पूर्वप्रेमीले उपलब्ध गराएको आशंका गरिएको छ। साइबर ब्युरोका एसपी दीपकराज अवस्थीका अनुसार, “भिडियो उनले कसरी पाए भन्नेबारे अनुसन्धान भइरहेको छ।”

पक्राउ परेका अधिकारीमाथि प्रहरीले चार दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको छ। प्रहरीको भनाइ अनुसार, यो घटनाले प्रेम सम्बन्धमा गोप्य कुराको सुरक्षित प्रयोग र गोपनीयताको गम्भीर सवाल उठाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article