समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

दुर्गा प्रसाईंलाई काकडभिट्टा नाका हुदै नेपाल ल्याइँदै, मेची पुलमा समर्थकहरूको भीड

भारतको आसाममा पक्राउ परेका राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंलाई नेपाल ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ। चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजित राजावादी प्रदर्शनपछि फरार रहेका प्रसाईंलाई आज नेपाल–भारत सीमास्थित मेची पुल हुँदै ल्याइँदैछ।

Advertisement

प्रसाईंलाई झापाको काकडभिट्टा नाकाबाट ल्याइने सूचना बाहिरिएपछि त्यहाँ कानुनविद्, पत्रकार र उनका समर्थकहरूको बाक्लो उपस्थिति देखिएको छ। उनको स्वागतका लागि समर्थकहरू नाराबाजीसहित सीमा क्षेत्रमा भेला भएका छन्।

Advertisement

दुर्गाका दाइ लक्ष्मी प्रसाईंले पनि दुर्गालाई मेची पुल हुँदै ल्याउने सूचना प्राप्त भएको पुष्टि गरेका छन्।

प्रसाईंमाथि राजावादी आन्दोलनमा सक्रिय भूमिका खेल्दै चैत १५ मा आयोजित प्रदर्शनमा नेतृत्व गरेको आरोप लागिएको छ। उनी पक्राउ परेपछि भारतको आसामबाट नेपाल ल्याउन पहल भइरहेको थियो, जुन अहिले निष्कर्षमा पुग्न लागेको हो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article