समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

दुर्गा प्रसाईको भनाइ : ‘म आत्तिएको छैन, यो तस्करविरुद्धको लडाइँ हो’

भद्रपुर, झापा । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईले आफू नआत्तिएको बताएका छन्। पक्राउ परेपछि भद्रपुर विमानस्थलमा प्रहरी नियन्त्रणमै रहेका प्रसाईले सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, “म आत्तिएको छैन, यो तस्करविरुद्धको लडाइँ हो।”

Advertisement

उनले आफूलाई प्रहरीले पक्राउ गरेको नभई आफैंले गिरफ्तारी दिएको दाबीसमेत गरे। “अर्को कुरा, मैले आफैं पक्राउ दिएको हो है फेरि…,” प्रसाईले भने।

Advertisement

प्रहरीले भद्रपुर क्षेत्रबाट पक्राउ गरिएको दाबी गरेता पनि उनलाई भारतीय प्रहरीले पानिट्याङ्की हुँदै नेपाल भारत बाेर्डरमा नेपाली प्रहरीलाई जिम्मा लगाएको थियो । CIB को टोली बिहान ७:३० बजे तिरै पानि पानिट्याङ्कीमा पुगेको थियोे । उनलाई काकरभिट्टाबाट जिल्ला प्रहरी कार्यालय झापामा केही समय राखि बुद्ध एयर मार्फत काठमाण्डौं लगिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article