स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आइसोलेशनमा राखिएका व्यक्तिको मृत्यु

नेपालगञ्ज मेडिकल कलेजको आइसोलेशनमा राखिएका एकजनाको मृत्यु भएको छ । मेडिकल कलेजका डा। रोमन किदवाईका अनुसार, बर्दिया गुलरियाका इसराइल बेहनाको मृत्यु भएको हो ।

Advertisement

बेहना दमका बिरामी थिए ।उनलाई दुई दिनदेखि आइसोलेशनको आइसीयूमा राखिएको थियो । बेहनाको स्वाव परीक्षण भइसकेको थिएन । डा. किदवाईले मृतकको स्वाव परीक्षण गर्न थालेको जानकारी दिए । जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले मृतकको स्वाव परीक्षण र शव कहाँ राख्ने भन्नेबारेमा छलफल भइरहेको बताए ।

Advertisement

बाँकेका भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज र कोहलपुर मेडिकल कलेजमा आइसोलेसन कोरोना आशंकितलाई राखिएको छ । अहिलेसम्म भेरीले २३, मेडिकल कलेज नेपालगञ्जले २१ र कोहलपुर १३ वटा स्वाव पठाएकोमा नेगेटिभ आइसकेको छ ।यी अस्पतालबाट थप १५ वटा स्वाव पठाइएको छ ।

त्यसमध्येमा ६ वटाको रिपोर्ट नेगेटिभ आइसकेको छ । बाँकेको नतिजा आइसकेको छैन । बाँकेमा अहिलेसम्म कोरोना पोजिटिभ भेटिएको छैन ।जिल्लामा ३ सय ९९ जनाको आरडीटी जाँच भएकोमा सबैको नेगेटिभ रिपोर्ट आएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article