स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपालमा ३१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक वेवसाइटमा अध्यावधिक गरेको तथ्यांकअनुसार शनिबार एक जनामा कोरोना संक्रमण देखिएको जनाएको छ ।

Advertisement

  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमोयोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले उदयपुरमा थप एक जनामा सङ्क्रमण देखिएको बताए ।उनले शुक्रबार उदयपुरमा देखिएका १२ जनाको समूहकै व्यक्तिमा आज परीक्षणका क्रममा सङ्क्रमण देखिएको जानकारी दिए ।

Advertisement

उनका अनुसार ती व्यक्ति उदयपुरका ६५ वर्षीय पुरुष हुन् । उनका अनुसार सङ्क्रमित नेपाल वा भारती हुन भन्नेबारे अझै विस्तृत विवरण प्राप्त हुन सकेको छैन ।योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ३१ पुगेको छ । शुक्रबार उदयपुरमा एक मस्जिदमा रहेका १२ जनामा सङ्क्रमण देखिएको थियो ।
 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article