हल्दिबारी डटकम
Hover Ad Article
बिचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हामी भुटान जतिको किन भएनौ : आचार्य रामचन्द्र

आचार्य रामचन्द्र

भुटानको प्रतिव्यक्तिआय करिव 3500  अमेरिकि डलर छ।नेपालको पुग नपुग 1100  अमेरिकि डलर। हिमालि देश र विश्वमानचित्रमा निकै सानो र केही दशक अगाडि निकै कमजोर अर्थतन्त्र भएको मुलुक आज २ वटा नागरिक लैजान विमान ल्याउने हैसियतमा पुग्यो।

Advertisement

यहाँ दलहरुले झुटा सपना वाडेर जनतालाई उल्लु वनाउन थालेको घण् वर्ष पूरा भयो।पन्चायतको घण् वर्ष र दलहरुको 30 वर्षमा एक पुस्ताको लगभग आयु समाप्त भयो भने अर्का पुस्ता पिल्सिएर र विदेशका खाडि र दुनियाको भाषा पढेर भौतारिई रहेको छ।विश्वविद्यालयको प्रमाणपत्र च्यातेर भौतारिन वाध्य पार्ने कारक यी दलहरु होईनन ??

Advertisement

यहाँ आफुले खानपाए सवैले खाएको र आफु रोजगार भए ? सवै भएको र कामनगरे र हो भन्ने लंपट नेता र कार्यकर्ता कै कारण हामी महागरिव हुन पुगेका छौ । नेपालका वजारमा भुटानका आलु र फापर पाईन्छ। उसले फलफुल निर्यात गर्ने हैसियत वनाईरहेको छ।कृषिमा भुटानको फड्को लोभलाग्दो छ।

भुटानको जनसंख्या ७.५ लाख छ भने उसको जिडि पि करिव क्रय शक्ति संचरण आधारमा 7.8 खर्व छ भने साधारण उत्पादमा कुल उत्पादन  2.6  खर्वको जिडिपि छ।यश अर्थमा क्रय शक्ति संचरण मामलामा भुटानको प्रतिव्यति आय 9500  अ‍ेरिकि डलरको हाराहारिमा छ।

मानव विकास सुचकाङक हेर्ने हो भने नेपाल भन्दा धेरै माथि छ भन्नुको मतलव नेपालि भन्दा भुटानिको सोच क्षमता र सामाजिक हैसियत निकै माथि छ। यहाँ त स्कुलमा दलका मास्टर ,विद्यार्थी दलका धुपौरे, कर्मचारि दलका अनुचर, र सवै क्षेत्रमा निच राजनितिले ग्रश्त छ।सवै क्षेत्रको मुललाई फाहोरि राजनितिले गाजेको छ।

भुटानले सार्वजनिक खर्च प्रणालिमा पारदरशिता र वजेटको अर्थपुर्ण लगानि र राष्ट्रिय भावनाको विकासले अगाडि आईरहेको छ।हामी त लुकेर सिरकले छोपेर घिउ खाने भयौ, आफु वनेर र लुकेर खाएर अरुलाई सदाचारको उपदेश दिने भयौ र त हामी महा गरिव भयौ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)