स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

दमकमा एक जनाको आरडीटी रिपोर्ट ‘पोजेटिभ’

  दमकका एक जनामा आरडीटी रिपोर्ट पोजेटिभ देखिएको छ । कोरोना भाइरस कोभिड( १९ को रोकथाम तथा नियन्त्रणका लागि आरडीटी परीक्षण गर्ने क्रममा गरिएको परीक्षणमा पोजेटिभ देखिएको दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले बताइन ।

Advertisement

आरडीटीमा पोजेटिभ देखिएका ती व्यक्तिको स्वाब परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । दमकमा ७ जनामा आरडीटी परीक्षण गरिएको मध्ये एक जनामा पोजेटिभ र अन्य ६ जनामा नेगेटिभ देखिएको छ ।

Advertisement

 आरडीटीमा पोजेटिभ देखिएका ती युवालाई दमक अस्पतालमा रहेको आईसुलेसन राखिएको र उनको समेत स्वास्थ्य अवस्था सामान्य रहेको दमक नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक बद्री बरालले जानकारी दिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article