आदिम साम्यवादको अन्त्य र दास(मालिक युगको प्रारम्भ समयले ३ हजार बर्श नाघ्दैछ। यूरोप, चीन र भारतमा संगसंगै दास युगको प्रारम्भ भएको हो। त्यसको अर्थ यूरोप, चीन र भारतीय समाजमा संगसंगै दास र मालिकका रुपमा वर्गको उत्पति भएको हो। त्यसमध्य गंगा मैदान केन्द्रीत दास प्रथा हिन्दु बर्णाश्रम व्यवस्थामा आधारित रहिआएको छ। ूसर्वजन हितायू को अवस्तुवादी दर्शन बिरुद्द ूबहुजन हितायू को दर्शनमा बुद्वको संघर्श वस्तुतस् बर्णाश्रम व्यवस्था बिरुद्दको संघर्श थियो। अर्थात २६ सय बर्श अघि बुद्वका विचारहरु दास प्रथा बिरुद्द केन्द्रीत थिए। त्यो समय दास प्रथाको बिरोध गर्नुको अर्थ वर्गको बिरोध हुन्थ्यो।

राहुल सांकृत्यान, जसको एक महान पुस्तक ूभोल्गादेखि गंगासम्मू अनुसार आर्यहरुको आगमन अगावै भारतमा ड्रबिडहरुले दास प्रथा सुरु गरिसकेका थिए। बशिश्ठ र बिश्वमित्र जस्ता पण्डितहरुले आर्य नायकहरुलाई जबर्जस्त मालिक राजा बन्न, हजारौं दासीहरु राख्न तथा दास प्रथा सुदृढ गर्न जोरजुलुम गरेका थिए। त्यो आर्य समूह गंगा मैदान पुगेपछि त्यसले सुदृढ गरेको दास प्रथा नै हिन्दु बर्णाश्रम व्यवस्था बन्यो। जसको प्रभुत्व २१ औं शताब्दीमा पनि ब्राम्हण, क्षेत्री, वैश्य र शुद्रको रुपमा बिध्यमान छ। यसरी ३ हजार बर्श अघि पृथ्बी निवासी मानव समाजमा ूवर्गू थोपरियो।
दास युगलाई निशेध गर्दै क्रमशस् सामन्ती व्यवस्था प्रारम्भ भयो। त्यसले पनि वर्ग अर्तर्बिरोधलाई सुदृढ गर्यो। सामन्तवादलाई निशेध गर्दै लोकतन्त्र ९ म्झयअचबअथ० को नाममा पुजीवाद प्रारम्भ भयो। पन्ध्रौं शताब्दीमा यूरोपेली युवा(बिध्यार्थीले उठान गरेका ूरेनेसाू अर्थात राश्ट्रीय पुनर्जागरण आन्दोलन, जसले समानता, स्वतन्त्रता र बन्धुत्वको नारा दिएको थियो, वस्तुतस् पुजीवादको प्रारम्भ थियो। रेनेसा आन्दोलनकै प्रगतिस्वरुप यूरोपेली समाज क्रमशस् औधोगीकरणमा लाग्यो। पुजीवादले वर्ग अन्तर्बिरोधलाई अझ सुदृढ गरेको हुँदा नै रेनेसा आन्दोलनको समयले पाँच सय बर्श नाघी सक्दा पनि मानव समाजमा सममानता, स्वतन्त्रता र बन्धुत्व स्थापित हुन नसकेको तथ्य सर्वत्र छ।
दास(मालिक युगमा दास र मालिक वर्ग, सामन्ती युगमा किसान र जमिन्दार तथा महाजन वर्ग एवं पुजीवादी युगमा सर्वहारा श्रमिक र पुजीपति वर्ग जटिल अस्तित्वमान रहेको छ र ती उत्पीडित र उत्पीडकवीचको अन्तर्बिरोध हल गर्न वर्गसंघर्श जारी छ। पुजीवादको अन्त्यबाट मात्र रेनेसाले भने जस्तो समानता, स्वतन्त्रता र बन्धुत्व सुनिस्चित हुनेछ। तब मात्र वर्ग समाप्त हुनेछ। माओवादी कम्युनिस्टले खोजेको त्यही वर्ग उनमूलनको स्थिति हो।
मार्क्सवादको विकास :
सन् १८१८ मा जन्मेका कार्ल मार्क्स र सन् १८२० मा जन्मेका फ्रेडरिक एङ्गेल्सद्वारा रचना गरिएको ूकम्युनिस्ट पार्टीको घोशणापत्रू ले मानव जातिको सामाजिक दुस्खको मुख्य कारण वर्ग अन्तर्बिरोध हो र सर्वहारावर्गको नेतृत्वमा वर्गसंघर्शले त्यो दुस्खको कारणलाई सदाका लागि अन्त्य गर्नुपर्छ, भन्यो। सन् १८४८ मा जारी गरिएको उक्त कम्युनिस्ट पार्टीको घोशणापत्र नै त्यो केन्द्रीय तत्व हो, जसका आधारमा मार्क्सवादको स्थापना गरियो।
मार्क्सवादका तीन संघटक अंग छन्। ती हुन्( दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद। दर्शनको क्षेत्रमा जर्मनीका दार्शनिकद्वय हेगेल र फायरबाखको निशेध हो मार्क्सवादी दर्शन। त्यस्तै बेलायतका अर्थशास्त्रीद्वय एडम स्मिथ र डेबिड रिकार्डोको निशेध हो मार्क्सवादी राजनीतिक अर्थशास्त्र एवं मुख्यतस् फ्रान्सका सेन्ट साइमन र चार्ल्स फुरिय तथा बेलायतका रबर्ट ओबेनको काल्पनिक समाजवादको निशेध हो मार्क्सवादी वैज्ञानिक समाजवाद। यसरी जर्मन दर्शन, बेलायती अर्थशास्त्र र फ्रान्सेली समाजवादको कुलयोग नै मार्क्सवाद हो, भन्ने गरिन्छ।
ूआजसम्मको मानव समाजको इतिहास वर्गसंघर्शको इतिहास होू, भन्ने संश्लेशणमा मार्क्सवादले जसरी वर्ग अन्तर्बिरोधको उच्चतम् र अन्तिम रुप पुजीवादको निशेध गर्यो, त्यसको निशेधबाट वैज्ञानिक समाजवाद हुँदै साम्यवादको मार्ग प्रशस्त गर्यो, त्यसरी मार्क्सवादको निशेध हुन सक्दैन। मार्क्सवादको निशेधको परिणाम स्वतस् पुजीवाद अर्थात प्रतिक्रान्ति मात्र हुने गर्दछ। त्यो भनेको पुरानो वस्तुको निशेध नभएर प्रतिगमन हो। बिपरीतहरुवीच एकता र संघर्शको नियम, मात्राको गुणमा परिवर्तनको नियम र निशेधको निशेध नियमले पुरानोको खारेजी तथा नयाँको आबिश्कार गर्दछ। अतस् मार्क्सवादमा निशेधको अर्थ भविश्यमुखी रुपान्तरण हो।
यसरी मार्क्सवादको विकास मात्र हुन्छ, निशेध होइन। त्यसैले लेनिन(स्टालिन र माओले मार्क्सवादको विकास गरे र यो मार्क्सवाद(लेनिनवाद(माओवादको तहमा पुग्यो। परन्तु, मार्क्सवादको पनि निशेध हुन सक्छ, तर बिश्वब्यापी साम्यवादको सुनिश्चिततामा मात्र।
अतस् एकातिर प्रकृति, समाज र चिन्तनवारे सर्वोच्च विज्ञानको तहमा मार्क्सवादको महत्व बोध गर्न नसक्नु र अर्कोतिर समयको हिसाबले पनि पौने दुई सय बर्शको मार्क्सवादलाई कथित ूपुरानोू आरोपित गर्नु पवित्र इच्छाले नर्कको यात्रा बाहेक अरु के हुन सक्छरु अज्ञानतावश पुरानो भन्नेहरुले सर्वप्रथम मार्क्सवाद के हो, भन्नेवारे घुँडा धसेर अध्ययन गर्नुपर्छ र पुजीवाद, जसको मरणासन्न अवस्था साम्राज्यवाद हो, को सेवा गर्नेहरुवारे वर्गसंघर्श जारी रहन्छ। हेक्का रहोस् कि जसरी विशय(वस्तु अध्ययन नगरेको मानिसले लोकसेवा परीक्षा दिन सक्दैन, ठिक त्यसरी नै मार्क्सवाद के हो, भनेर अध्ययन नगरेको मानिसलाई मार्क्सवादमाथि प्रश्न उठाउने हक हुदैन।