“घरमै बसौ, नमाज पढ्नुहोस ,सुरक्षित रहौ, प्राथर्ना गर्नुहोस”

२०२० को रमजान महिना कोरोना भाइरसका कारण धेरै फरक देखिनेछ । खगोलविद्हरूको गणना अनुसार यस वर्ष रमजान नेपालमा अप्रिल २५ मा पर्ने अपेक्षा गरिएको छ।

सोसल डिस्टेन्स
नेपाल सरकारले एक वार्ड बाट अर्को वार्ड आवातजावत गर्न निषेध गरिएको छ । भीड़भाड़ गर्न दिएको छैन, तपाईंको साथीहरू वा परिवारलाई भेट्न एक ठाउँ बाट अर्को ठाउँ जान,आउन सक्नु हुन्न । कोरोना भाइरस संक्रमण नरोकिए सम्म बिर्सनुहोस् किनभने सामाजिक दूरी अब सामान्य भएको छ । आजको दिनसम्म सडकहरू खाली छन्, शपिंग सेन्टरहरू बन्द छन्,। हाम्रो दैनिक तालिका परिवर्तन भएको छ ।
परिवर्तनको समय
मुसलमानहरूका लागि वर्षको सबैभन्दा पवित्र महिना रमजान नेपालमा अप्रिल २५ देखि सुरु हुने अपेक्षा गरिएको छ। रमजानको पालना इस्लामको पाँचवटा स्तम्भ मध्ये एक हो र विश्वभरका मुस्लिमहरू पूरा महीना वर्त ९रोजा० बस्छन ।
१. रमजान पूर्व समारोहहरू
कोरोना भाइरसको कारण शब ए बराअत पर्वमा के कति र कसरी असर देखियो यहाहरु अवगत नै हुनुहुन्छ । यो पर्वममा खासगरी मुस्लिम समुदाय बेलुका कब्रिस्तान गएर मृतकहरुका लागि अल्लाह रब्बुल इज्जत संग प्राथर्ना गर्ने, मस्जिदमा मिलाद ९धार्मिक प्रवचन कार्यक्रम० हुने, मिठो मिठो परिकारका हलवा बनाएर फ़ातिहा गर्ने र एक अर्काको घरमा गएर फ़ातिहाका सामानहरु लीने र दिने गर्छन तर यसपाली भने महामारीका कारण मुस्लिम समुदाय हर्सोल्लासका साथ मनाऊन सकेन्न ।
२. खाद्यान्न सामग्री
लकडाउनको कारण रमजान महीना मा खाद्यान्न सामग्रीमा गम्भीर समस्या उत्पन्न हुने निश्चित देखिन्छ । भारत र चीनको नेपाल संग जोडीने सबै नाका बन्द गरिएको छ । खाद्यान्न सामग्री बाहिर बाट केहि आउन सकेको छैन नेपालमा पनि तालाबंदीका कारण खाद्यान्न सामग्री प्रसस्त रूपमा उपलब्ध छैन । नेपालमा सबै भन्दा पछाडि परेका,अशिक्षित एवं बेरोजगारीमा अव्वल मुस्लिम समुदाय आउछ । दैनिक रूपमा श्रम गरेर जीविकापार्जन गर्ने मुसलमानहरुका लागि यसपाली को रमजान महीना निकै कठिन हुनेछ । मुस्लिम समुदाय इफ्तारको बेला फलफूलहरु अनिवार्य रूपमा लीने गर्छन तर यसपाली कोरोना भाइरसका कारण सुपर मार्केटहरु र पसलहरुमा फलफूलको कमी भने निश्चय नै देखिन्छ ।
३. रेडीमेड तथा टेलरमा सिलाउने ईदको पहिरन
यदि ईद भन्दा अगाडि कोभीड १९ को भेक्सिन मार्केटमा आएन भने नया कपड़ा हामी कहां बाट खरीद गर्ने । यो त झन चिन्ताको बिषय बनेको छ, मित्र १ यसपाली पुरानो कपड़ालाई धोएर मजाले आईरन हानेर इतर लगाएर ईद मनाउने । यस पालिको ईद पनि इतिहास रचने छ।
४. सोसल डिस्टेंस, सामुहिक रूपमा सँगै खानु
सोसल डिस्टेंस सबै धर्मावलंबिहरुका लागि अति महत्वपूर्ण विषय हो र यो सबैले जानी राख्नु पर्ने हो । सोसल डिस्टेंस बारे छोटकरीमा बुझौ है स्( तपाईहरु अत्यावश्यक सामग्रीहरु जस्तै तरकारी, दूध आदि खरीद गर्न जादा पसल को अगाडि सेतो रातो रंगले एक एक मीटरको दूरीमा गोलो गोलो घेरा लगाएको प्रक्रियालाई सोसल डिस्टेंस भनिन्छ । सो रमजानमा सोसल डिस्टेंसको नियम पालना गर्नका लागि भएता पनि भीड़भाड़ गरेर तपाई आफै खान रुचाउनु हुन्न ज्यानको कसलाई माया हुदैन होइन र त्यसै गरी मुस्लिम समुदाय इफ्तारको बेला खाने कुराहरु एकथालमा ५र६ जनाको सामुहिक रूपमा खाने गर्छन किन भने इस्लाममा जुठो को कुनै स्थान छैन तर यसपाली कोरोना भाइरसले सामूहिक रूपका खानकालागि पनि इजाजत दिदैन किनभने भाइरस जाती,धर्म देखेर फैलिदैन, भाइरसलाई त केवल मनुस्य चाहिन्छ ,मनुष्य मात्र चाहिन्छ । सो यसपाली कसैको जुठो खाने काम नगर्नु होला ।
५. इफ्तार पार्टी र तरावीको नमाज
इफ्तार पार्टी स् मुस्लिम समुदाय बिहान वर्त बस्नका लागि केहि खानेकुरा खान्छन जसलाई सेहरी भनिन्छ त्यसैगरी वर्त ९रोजा० खोल्ने प्रक्रियालाई इफ्तार भनिन्छ । यदि रमजान महिनामा लकडाउन रह्यो भने सतप्रतिस छ की इफ्तार पार्टी पूर्णरूपमा बन्द हुन्छ किन भने अहिले विश्वभरी सोसल डिस्टेंसको नियम पालना गर्नु अनिवार्य रूपमा लिएको छ । यदि उक्त निर्णयको पालना गरेको देखिएन भने तपाईहरु माथि प्रशासनले कार्रवाही पनि गर्न सक्छ ।
तरावीको नमाजस् रमजान महीनाको आगमण भन्दा अगाडि नै भाइरसलाई रोक्न सकिएन भने तरावी नमाज मा पनि समस्या देखिने छ । जस्तैकी अहिले विश्वभरी का मुस्लिम धार्मिक गुरुहरु मस्जिदमा नमाज नपढेर घरमा पढ्न का लागि निर्णय लिएको छ । साउदी अरबले पनि मक्का र मदीनामा बाहिरको मानिसहरुलाई प्रवेशमा रोक लगाएको छ ।
लकडाउनमा तरावी नमाजलाई लिएर नेपाली मुस्लिम डटनेटले नेपालका धार्मिक गुरुहरु संग सम्पर्क गरेर उहाहरुले दिनु भएको प्रामाणिक कुराहरुलाई साझा गरिने छ ।
६.उमराह
यसपाली उमराह पूर्णरूपमा बन्द गरिएको छ । सो यसपाली रमजान महिनामा उमराह सम्भव छैन । यहां सम्म की हजका लागि साउदी सरकार ले कोरोना भाइरस संक्रमण नारोकिए सम्म हज यात्राका लागि कुनै किसिमको योजना नबनाउनुका लागि अनुरोध गरेको छ ।
७.रमजानमा ज्यालादारी मजदूरहरु
यसपाली मुस्लिम समुदायका धनीमानीहरु ईमानदारीका साथ जकात निकाल्ने समय आएको छ । वास्तवमा यो हाम्रो लागि परीक्षाको घडी हुनेछ । ज्यालादारी मजदूरलाई तपाई सीधै आफ्नो हात बाट सहयोग गर्नुहोस ,कुनै संघसंस्थालाई दिने काम कृपया यो वर्ष चांहि नगर्नका लागि विनम्र अनुरोध गर्दछु ।
८. ईद उल फित्रको नमाज
ईद उल फित्रको नमाज वर्तमान अवस्थामा एक गम्भीर विषय हो, यसलाई हल्कामा न लिनका लागि मुस्लिम बुद्धिजीवी एवं धर्मगुरुहरुलाई आग्रह गर्छु । मुस्लिम धर्मगुरु,मुस्लिम आयोग, मुस्लिम अगुवा,मुस्लिम संघसंस्था,बिभिन पार्टीहरु तथा नेपाल सरकार ले ईदको नमाजलाई लिएर के गर्ने कसरी गर्ने भनेर ईद भन्दा कमतिमा १० दिन अगाडि देखी नै मुस्लिम समुदायलाई जानकारी गराईदिने वातावरण बनाई दिनु पर्यो ।
सईद उल शेख
भद्रपुर, झापा