हल्दिबारी डटकम
Hover Ad Article
बिचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

अक्षय तृतीया विशेष :आचार्य रामचन्द्र

आचार्य रामचन्द्र

वैशाख १४ गते महत्वपूर्ण तिथि अक्षय तृतिया परेको छ।यो तिथि यूग तिथि मानिन्छ ,सत्य युगको आरम्भ यहि तिथिवाट भएको थियो, त्यसैगरी वर्तमान कलियुग पनि यहि तिथिवाट सुरु भएको हो भने अहिले कलियुगको ५१२२ वर्ष चलिरहेको छ भने विक्रमि २०७७  l

Advertisement

अक्षय तृतीया वैशाख शुक्ल पक्षको तृतीया तिथि हो ! यहि तिथिमा भगवान परशुरामको जन्म भएको थियो ।
अक्षय तृतीया वैदिक सनातनीहरुको लागि विशेष रहेको छ, जुन तिथिमा प्रातकालमा गंगा स्नान र भगवान नारायणको अर्चना वन्दना र पुजन गर्ने आम प्रचलन छ।शास्त्र वमोजीम यो तिथिमा गंगा स्नान गरेपछि सवै प्रकारको रोग र पापवाट छुटकारा पाउन सकिन्छ तथा पापकर्ममा मलिनता देखा पर्दछ।त्यसै गरि यो तिथिमा गरेका सवै शुभ कार्य सफल रहने एवं सम्पुर्ण कार्य कर्म व्यापार, नयाकाम,रोजगारि,धर्म,संस्कार तथा शुभकर्म गर्न सकिन्छ।

Advertisement

यो तिथिमा दानको परम महिमा वताईएको छ ,आजको दिनगरिएको दानको अक्षय फल प्राप्त हुने र मनोरथ पुराहुने पौराणिक प्रमाण हरु छन।त्यसैले आजको दिनमा यथा गति यथा मति सतपात्रमा दान तथा अशक्त रोगि ,विरामि, पैदल यात्रु, तिर्थयात्रु तथा विपन्नलाई गरिएको दानले जीवन भरिपुर्ण र धनधान्यको सकाल रहने शास्त्रीय कथन छ । त्यसैगरि आजको दिनमा गंगा स्नान गरि भगवान विष्णु नारायणको अर्चना र व्राह्मण (शाश्तोक्त)दानले अक्षय पुण्य तथा सिद्दि पाउने वर्णन गरिएकोछ ।

विशेष गरि वसन्तर्तु मा बिस्तारै गर्मिको शुरुवात हुने कारण यो दिनमा नेपाल भारत आदिठाउमा पानी खख्खर को मिश्रणवा सर्वतको दान र पानको महिमा छ।त्यसै गरि यश दिनमा जौको सातु वा परिकार वनाएर दान तथा सेवनको आम प्रचलन रहि आएको छ।विशेष गरि जौ सवै भन्दा पहिलो अन्न र अति पोशिलो अन्न हो।जौकोलसेवनवाट गर्मि सृजित रोग र गर्मिमा शीतलता प्राप्त गर्न सकिन्छ भने जौ ले गर्मि फाल्ने हुनाले आजको दिनमा नया जौ अन्नको सेवनको सुरुवात गर्ने परमपरा छ।आजको दिनमा शख्खर मिश्रित सर्वत र जौको सातुको दानले अक्षय पुण्य प्राप्त हुने हुदा सवै सनातनि वैदिक धर्मानुरागि तथा अनन्याय पथका मानिसहरुका लागि पनि अक्षय तृतिया महत्वपूर्ण मानिन्छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)