समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

झापाको धुलाबारीमा निर्माणधिन होटलको ४ औं तलाबाट खस्दा कामदारको मृत्यु

झापा, २५ मंसिर । जिल्ला झापाको मेचिनगर नगरपालिका-१० स्थित न्यु ईन्फ्रा हेवन कम्पनी लिमिटेडले निर्माण गरिरहेको ईष्टन होटलको चौथो तलामा काम गरिरहेका एक युवा कामदारको दुर्घटनामा निधन भएको छ।
आज अपराह्न १८:३० बजेको समयमा २१ वर्षीय नरेश कुमार मण्डल, जो सप्तरीको खडक नगरपालिका-१ सिसुवाबेल्हि निवासी हुन्, फलामको पाइप सार्ने क्रममा अचानक तलातल झरे। उनले शरीरका विभिन्न भागमा गम्भीर चोट पाएका थिए। उनलाई तुरुन्तै मेचि आम्दा अस्पताल धुलाबारी ल्याइएको थियो, जहाँ उपचारका क्रममा १९:०० बजेको समयमा उनको मृत्यु भएको बताइएको छ।
प्रहरीले घटनाको सूचना प्राप्त गर्ने बित्तिकै आवश्यक अनुसन्धान सुरु गरेको छ। मृतकको शव अस्पतालमा राखिएको छ। घटनाका बारेमा थप विवरण आउन बाँकी छ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article