समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

बिर्तामोडमा ब्राउन सुगरसहित दुई युवक पक्राउ

बिर्तामोड, झापा । प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित झापाको बिर्तामोड नगरपालिका–४ स्थित मुनाल टोलबाट दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।
मिति २०८२ असोज २५ गते साँझ करिब ७ः४० बजे इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टा शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–१ पाण्डे चोक निवासी २५ वर्षीय निरोज लिम्बु र भद्रपुर नगरपालिका–२ पृथ्वीनगर निवासी २६ वर्षीय सागर प्रधान रहेका छन्। उनीहरूको साथबाट ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ प्लास्टिकसहित ४६ ग्राम र प्लास्टिकबाहेक ४१ ग्राम ५८० मिलिग्राम बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी प्रहरीले उनीहरूको साथबाट स्क्रिन टच मोबाइल दुई थान, किप्याड मोबाइल एक थान र प्र.१–०१–०१५ प ३४२७ नम्बरको स्कुटरसमेत नियन्त्रणमा लिएको छ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article